रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

३ दशक पछि कालिकाेट कांग्रेसले पायाे सांसद

कालिकाेट ~ कालिकाेट मा बिगत तीन दशक पछि कांग्रेसले पायो निर्बाचित सांसद

३०।३० बर्ष कांग्रेसका सांसद नपाई बित्या ।
न्यौपाने तिलक पछि हिक्मत बिष्ट जित्या ।

जित्न्याँ चाँही जिताउन्याँ धन्य हाम्रा कालिकोट
लामो समय कालिकोटमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्यो संसद बिकास कोष लगायत निर्बाचन क्षेत्र बिकास बिशेष कार्यक्रम र महत्वपुर्ण बिकासे आयोजनाहरु जानकारी हुदैनथे र कांग्रेसको प्रत्यक्ष सहभागिता हुँदैनथियो। केबल औपचारिकतामा मात्र कहिलेकाँही बोलाईन्थ्यो ।
गठबन्धनका तर्फबाट लोकप्रिय मत प्राप्त गरिसके पछि पहिला मतदातालाई धन्यबाद दिने कार्यक्रम पलाता,पचाल,रास्कोट,शान्नि र नरहरीमा सम्पन्न भएको छ ।

जितीसकेपछि नारा जुलुस तडकभडक नगर्ने बरु बिकास निर्माणमा ध्यान दिने र गाउँगाउँमा पालिकामा गएर मतदातालाई धन्यबाद दिने कार्यक्रम तय भएको थियो गठबन्धनका तर्फबाट हामी गाउँ गाउँ पालिका पुगेका थियौं ।।।।।।

कालिकोटमा पुर्बाधार बिकास पहिलो प्राथमिकता हो ।
सांसद हिक्मत बहादुर बिष्टको नेतृत्वमा म आशेकनाथ योगी र मथुरा जैसी सहितको टोली कालिकोटमा रहेको पुर्बाधार बिकास कार्यालयमा गएर चालु कार्यक्रम र तत्काल गर्न सकिने कार्यक्रम र आगामी दिनमा गर्न सकिने कार्यक्रमको बिषयमा ब्यापक छलफल को सुरुवात गरिएको छ ।
कर्नाली कोरीडोर सडक निर्माण स्तरोन्नती ।।।
सबै पालिकासंग जोड्ने सडक तत्काल निर्माण प्रक्रिया ।काम गर्ने क्षेत्राअधिकार लगायतका बिषयहरु ।
बाढी पहिरोले भएको ठुलो अकल्पनिय कालिकोटको क्षति घर जग्गा सहित पारेको प्रभाब र पिडित छुटेका घरधुरीलाई समेट्ने बिषय
सुनथराली मान्म केबलकारको प्रगति र कार्यान्यनमा लैजान जोड ।
पलाताको राडुनेटा हुदै सबै बस्तीस्तरमा र अन्ँय पालिकाका बिकट बस्तीमा सडक जोड्ने बिषय
जनता आबास कार्यक्रमको प्रभाबकारी कार्यान्वयनको बिपन्न दलितलाई समेट्ने बिषय
निर्बाचन क्षेत्र बिकास कार्यक्रम र निर्बाचन बिशेष क्षेत्र बिकास कार्यक्रम चयनका आधार र मापदण्डका बिषयमा ब्यापक छलफल भएको छ ।
सुनथराली जोड्ने बाटो लगायत पुर्बाधार संग सम्बन्धित कामहरुका बिषयमा
चालु कार्यक्रमलाई समयमा सक्न प्रक्रियामा लैजान,सहज गर्न र छिटो प्रतिफल देखिने गरि काम गर्न लाई छलफल भएको आबश्यकता अनुसार पालिका,प्रदेश सरकार र संघिय सरकार संग समन्वय गरि माग गर्ने बिषय ।
आयोजना र कार्यालय अन्र्तगत दक्ष प्राबिधिक जनशक्तिको अभाब हुन नदिने नियमित फलोअप र ताकेता समयसमय मा अनुगमन गर्ने बिषयमा गहन छलफल भएको छ ।
पहिलो दिनको अभियान र भेटघाटले कार्यालय प्रमुख सहित सबै कर्मचारी आशाबादी र उत्साहित हुँदै सहजताका लागि सांसद हिक्मत बहादुर बिष्टको टोली लाई कार्यलय प्रमुख ई रामचन्द्र बिसीले आफु आएको धेरै नभएको कालिकोटमा काम गर्न लागि पर्ने बेला बेलामा यसरी भेटघाट गर्दा काम गर्न सहज हुने बताएका छन ।
कालिकोटकांग्रेसमा नयाँ रेकर्ड कायम बिष्टको अत्यधिक लोकप्रिय प्राप्त ।
कसैले भेटेनन १२६७५ अन्यका र १११४ बदर मत जोडदा पनि ११०८ले रुख अगाढी ।
कालिकोटमा ३ दशकपछि कांग्रेसले पायो निर्बाचित सांसद ।
ईतिहास रच्दै लोकप्रिय नेता बिष्ट निर्बाचित ।।।।।
सबैउम्मेदवारको प्राप्त मत जोड्दा पनि पुगेन बिष्ट बराबर ।।।।।
२५,३४४ खसेको मतमा १३,७८३ लोकप्रिय मत पाएका बिष्ट लाई सकेनन कसैले भेटाउन अन्य ५ जना उम्मेद्वारहरु एमाले बाट बिरेन्द्र बोगटी,समाजबादी कलम बाट बिश्वराज बम,स्वतन्त्र लक्ष्मण बम,बीपी कांग्रेसका कर्ण बिष्ट,मजदुरका जनक बिष्ट सहित सबै एकातिर जोडेर १२६७५ भएछ र बदर १११४ जोड्दा पनि १२६७५ मात्रै पुगेको छ ।
कालिकोट प्रदेश ख का कांग्रेसका सम्भाबित सबै नेताको एकता र माओबादीको बिश्वासले सफल भयो गठबन्धन ।
सानोतिनो मतले हराउने त के कुरा सबै जोड्दा पनि भेटेनन कसैले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !