कालिकाेट~ रास्काेट नगरपालिकाको डिजिटल प्रोफाइलको लागि गणक अधिकृत कृष्ण प्रसाद न्यौपानेको नेतृत्वमा १८ जना गणकहरु नगरपालिकाको ९ वटै वडामा डाटा संकलनको लागि आज नगर प्रमुख धर्मराज शाही (पाेषण) र कार्यकारी प्रमुख जवान सिंह बमले उद्घाटन गर्नु भएको छ। नगर प्रमुख शाहीका अनुसार अब नगरपालिका भित्रका हरेक घरपरिवारको परिवार सदस्य, बालबालिकाको संख्या, युवकको संख्या, बृद्ध- वृद्धि , अपाङ्ग, एकल महिला बिध्यालयको पहुँचमा भएका नभएका बालबालिका संख्या, स्वदेश र बिदेशमा रहेको संख्या , रोजगारी- बेरोजगारी को संख्या , कृषि , जग्गा, गाई बस्तु, र उनिहरुको अबस्थामा बारे थाहा पाउनको लागि यो गणना सुरु गरिएको हो र अहिले हामी सङग नगरपालिका भित्रका कुनै पनि परिवारको अबस्थामा थाहा छैन, यो सबै गणना सकियो भने रास्कोट नगरपालिकाको मोबाइल एप्लिकेसन मा घरमुलिको नाम सर्च गर्ने बितिकै उहाँको सबै परिवारिक डाटाहरु बिश्वको जुनसुकै ठाउँबाट पनि हेर्न सकिने छ। र गणकहरुले सबै सदस्यहरुको मोबाईल नम्बर पनि संकलन गर्ने छन र नगरपालिका का हरेक सुचनाहरु प्रत्येक परिवारको सदस्य सम्म पुग्ने छ।र गाउँ टाेल मा खटिएर आयका गणक हरुलाई सत्य तथ्थे सुचना दिई सहयाेग गरिदिन अनुराेध गरिन्छ ।