कालिकोटमा डोजर कर्णाली नदिमा खस्यो दुईजनाको मृत्यु, तीन बेपत्ता ,तीन गम्भीर घाइते
रत्न कार्की
कालिकोट बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट अद्व जलासययुक्त जलबिधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको छ । डोजर कर्णाली करिडोरको सान्नित्रिबेणी १ लालिघाट स्थित लुसाभिरवाट कर्णाली नदिमा खसेको हो । डोजरमा रहेका ८ मध्य दुइजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना कर्णालि नदीमा बेपत्ता भएका छन । अन्य तिन जनालाइ घाइते अबस्थामा उद्वार गरिएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गिरीका छोरा उमेस गीरी , सान्नित्रिबेणी १ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन ।डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।घटनामा तीन जना घाइते भएका हुन । घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारती पनि घाइते छन
।घाइतेको उद्वार गरि प्रहरी र स्थानियले जिल्ला अस्पताल तर्फ पठाएको घटना स्थलमा रहेका नेकपा माओवादीका युवा नेता जिल्लाकमिटी सदस्य शुर्य ब शाहीले खबर कर्णालिलाइ बताउनु भयो।