रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा डोजर कर्णाली नदिमा खस्यो दूईजनाको मृत्यु,तिन बेपत्ता ,तीन गम्भीर घाइते

बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट अद्व जलासययुक्त जलबिधुत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको छ । डोजर कर्णाली करिडोरको सान्नित्रिबेणी १ लालिघाट स्थित लुसाभिरवाट कर्णाली नदिमा खसेको हो । डोजरमा रहेका सात जना मध्य दुइजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना कर्णालि नदीमा बेपत्ता भएका छन । अन्य तिन जनालाइ घाइते अबस्थामा उद्वार गरिएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी १ का अन्दाजी १७ बर्षका चरित्र बिक र सान्नित्रिबेणी १ का अन्दाजि १४ बर्षका युवाराज बुढको मृत्यु भएको छ । दुर्घटनामा परी सान्नित्रिबेणी १ कै नर गरीका छोरा उमेस गीरी र अछाम घरभई डोजर चालक रहेका कमल सोडारी, सान्नित्रिबेणी १ का रक्तिम बिक बेपत्ता रहेका छन ।डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते छन ।घटनामा तीन जना घाइते भएका हुन । घाइते खाडाचक्र ११ बरातुका बिबेक भारति र बिकास भारति पनि घाइते छन
।घाइतेको उद्वार गरि प्रहरी र स्थानियले जिल्ला अस्पताल तर्फ पठाएको नेकपा माओवादीका युवा नेता जिल्लाकमिटी सदस्य शुर्य ब शाहीले घटनास्थलबाट खबर कर्णालिलाइ जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !