कालिकोट । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुभराज बमले बताउनु भयको छ ।
कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कणर्ाली नदीमा डोजर खस्दा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ । नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो । डोजर निकाल्दा पनि वेपत्ता भएका नभेटिए खोजीका लागि गोताखोरलाई अनुरोध गरिने उहाँको भनाइ छ । खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । हिजो दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षण गरेर फर्किएको डोजर दुर्घटनामा परेको हो ।