कोसेलीघर स्थापना गरेर स्थानिय उत्पादीत बस्तु बजारी करणमा नया काम गर्दै हिमचुली कृषि सहककोसेलीघर स्थापना गरेर स्थानिय उत्पादीत बस्तु बजारी करणमा नया काम गर्दै हिमचुली कृषि सहकारी
१४ हजार बचत तथा सेर सदस्य रहेको कालिकोटको हिमचुली कृषि सहकारी संस्थाले जिल्ला सदरमुकाममा कोसेलीघर स्थापना गर्ने भएको छ । संस्थाको १४ ओै बार्षीक साधारण सभामा बोल्दै संस्थाका उपाध्यक्ष सरोज बोगटी बिपिनले सहकारीले संस्थाका विभिन्न समूह ,सेर सदस्य र बचत कर्ताको स्थानिय उत्पादित बस्तु खरिद गरेर कोसेली घरबाट बजारीकरण गर्ने योजना रहेको बताउनु भयो । सहकारीको बार्षिक प्रगति प्रतिबेदन सार्वजनिक गर्दै सहकारीका मुख्य ब्यवस्थापक जगेन्द्र आचार्याले कालिकोटमा उत्पादनकोकुरा भन्दा पनि बजारीकरणको चुनौति रहेको भन्दै सहकारीले सामाधान गर्न खोजेको बताउनु भयो । सिमि , आलु ,भट्टमास, फापर ओखर,रातो मार्सीचामल ,मह लगाएत फलफुलहरू कोसेलीघरबाट बजारीकरण गरि दिने संस्थाका सन्चालक समिति सदस्य धनकृष्ण न्यौपानेले बताउनु भयो ।