रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सार्वजनिक जग्गाअतिक्रमण गरेकालाइ हटाउन १५ दिने अन्तिम सुचना प्रकाशन रास्काेट नगरपालिका

कालिकोट ~ रास्कोट नगरको मुख्यालय आरसिपि बजारमा  रहेका अढाइ सय घर टहरा हटाउदै नगरले आफ्नो मातहतको अतिक्रमित जग्गा नियन्त्रणमा लिने भएको छ । रास्कोट नगर कार्यपालिकाले निर्णय गरेपछि  नगरपालिकाले ४५ देनि सुचना पछि आज फेरि १५ दिने अन्तिम सूचना जारि गर्दै  सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन सूचना जारि गरेको छ ।

नगरले आफ्नो आन्तरिक आम्दानीको श्रोत बढाउन पहिला नगरको स्वामित्वमा रहेको जग्गा खाली गर्ने त्यसमा नगरले आफ्नै कम्पेलेक्स निर्माण गरि ब्यवसायी प्रयोजनमा भाडा लिने र आफ्नै निजि निवास बनाउन चाहनेले प्राइभेट जग्गा खरिद गर्नु पर्ने नगरको निर्णय छ ।

तर यता ब्यवसायीहरूले भने घरहरूको उचित मूल्यांकन गरि क्षतिपुर्ति दिनु पर्ने  ब्यापारीहरूको बजार सुनिश्चिताको ग्यारेन्टि गर्नुपर्ने माग छ ।
यता नगरले भने सार्वजनिक जग्गामा घर निर्माण गर्ने त्यसको मुआब्जा दिन नगर सरकारले नसक्ने नगर सरकको भनाइ छ । जग्गा नियन्त्रण लिएर आफैले टहरा निर्माण गरि कम्पलेक्स निर्माण  गरे नगर सरकारको आन्तरिक श्रोत बृद्वि हुने अपेक्षा गरेका छै नगर प्रमुख शाहि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !