रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

तिलागुफा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैक कर्मचारी र जनप्रतिनिधि घरघरमा

संघियता पछि सिहदरवारको अधिकार गाउमा पुग्यो भनेर अधिकारको बिकेन्द्रियताका आधारमा स्थानिय सरकार अधिकार सम्पन्न बने पनि अधिकार गाउमा नभइ साबिक गाउबिकास समितिवाट पाइदै आएको सेवासुबिधा साबिकको एक वा दुई गाबिस मिलेर बन्ने गरेको ईलामा केन्द्रित भएजस्तो नागरिककले महसुस गरेका छन ।
पहिले बृद्वभत्ता सचिवले वडावडामा घरघरमा क्यास बोकेर दिने गर्थे हरेक सेवासुबिधा गाबीस कार्यालयवाट पाइन्थ्यो तर अहिले पालिका केन्द्रवाट दिने हुदा ती सेवा संघ र प्रदेसको तुलनामा बढी अधिकार र सम्पन्न बनाइए पनि सेवा प्राप्तिको दुरी साबिकको भन्दा बढेको छ । यही परिबेसलाइ मध्यनजर गर्दै जिल्लाका धेरै नगरपालिका र गाउपालिकाले पालिका प्रशासनिक भवनवाट पर्वाह हुने सेवा एक दिन घुम्ति शिबिर मार्फत घरआगनमा दिने जस्ता महत्वपुर्ण कामहरू थालनि हुन थालेका छन ।
रास्कोट नगरले सबै भन्दा पहिला बैक सहित घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरे संगै तिलागुफाले पनि त्यो सुरू गरेको छ । बृद्वभत्ता बैककिङ खातावाट भुक्तानि दिने कुरा अहिले शुभकालिका पचालझरना र सान्नित्रिर्बेणीमा पनि गाउघरमै सामाजिक सुरक्षा भत्ता दिन थालिएको छ । यसै साता कालिकोटको तिलगुफा नगरपालिकाले लक्षित बर्गकाे सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लिनु पर्ने बाध्यता अन्त्य गर्दै घरघरमा बितरण सुरू गरेको छ । तिलागुफा नगर प्रमुख शंकर प्रसाद उपाध्याय ,उप प्रमुख महेन्द्र ब शाही नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारि लगायत घरमै पुगेर सामाजिक भत्ता बितरण गरेका छन । वडा नम्बर ७ काे छाप्रे बाट बितरण सुरू गरियकाे छ ।
कार्यक्रममा प्रत्यक्ष सेवा लिने ८२ बर्षिया बिरमल शाहीले बुढेसकालमा बसेर खान र स्वास्थ्य उपाचार पाउनु काे साटाे दुईदिन लगायर भत्ता बुझ्न जानू पर्ने थियो नगर सरकारले घरमा अायर बुझाउदा खुसि भएको भन्दै धन्यवाद समेत दिनु भयकाे छ । यसरी सबै वडामा सामाजिक सुरक्षा भत्ता दिने उप प्रमुख महेन्द्र ब शाहिले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !