रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

ईलाका प्रशासन स्थापना गर्न रास्कोट नगर सरकारको पहल सुरू

कालिकाेट ~ रास्काेट नगरपालिका मा ईलाका प्रशासन गर्न रास्काेट यश अघि पनि प्रचण्ड नेतृत्वको  सरकार  रहेका बेला गृहसम्म  फाइल अघि बढेर अन्तिम प्रक्रियामा रहेका बेला रोकिएको रास्कोटको ईलाका प्रशासन स्थापना गर्ने प्रकियाले पुन निरन्तरता पाउने भएको छ ।

सुक्रबार कालिकोट जिल्ला प्रशासन कार्यालयमा बसेको त्यस क्षेत्रका पालिका प्रमुखहरूको बैठकले पुन रास्कोटमा इलाका प्रशासन स्थापनाको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्ने  र त्यसका लागि रास्कोट नगरसरकारले उचित पहल गर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भएको छ ।

भौगोलिक बिकटताका रुपमा रहेको कालिकोटको पलाता र पचालझरना रास्कोट र सान्नित्रिर्बेणिलाई मध्यनजर गरि पाइक पर्ने  उचित  ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना हुने रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताउनु भयो ।

इलाका प्रशासन स्थापना भए एउटा नागरिकता लिन एक दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम धाउनु पर्ने  छैन ।
संघियताको मर्मलाई जन्तामाझ स्थापित गर्न र अहिलेको आवश्यकतालाई ध्यानमा दिइ यो कामलाई अगाढी बढाउन जरुर रहेको बताईएको छ।

कार्यालय स्थापनाका लागि नजिकका छिमेकी पालिका को सहमति चाहिने हुदा पलाता, पचालझरना, शान्नि त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिको  बिच समन्वय बैठक गरेर निर्णयमा पुगिने र त्यसको पहल सेन्टर क्षेत्र रास्कोट नगरपालिकाले पहल गर्ने र रास्कोट क्षेत्रमै  कार्यालय स्थापना गर्न सकिने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !