रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

गाउँपालिकालाई कर्णाली राजमार्गसंग जोड्नु मेरो पहिलो लक्ष्य हो : खेम बहादुर सिंह महावै अध्यक्ष

       कालिकोटको महावै गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी  केन्द्रका प्रदेश कमीटी सदस्य खेम बहादुर सिंह भिजनले गाउँपालिकालाई सडक सञ्जालसंग जोड्ने योजना रहेको बताउनुभयो । पालिका  नजिकै भएर जुम्ला ,मुगु जाने सुर्खेत जुम्ला कर्णाली राजमार्गसंग  जोड्नु आफ्नो नेतृत्वको पालिका सरकारको मुख्य काम भएको बताउनु भयो । चुनाव ताका  पालिकालाई सडक सञ्जालसंग जोड्न मुख्य  बाचा गरेका सिंहले  कार्यकालको दोस्रो बर्षमा पालिकालाई सानासवारी साधानको एक्सेससंग जोड्ने बताउनु भयो । त्यसका लागि  तीन बिकल्प रहेको बताउदै दैलेख महावै लेख हुँदै डिल्लिकोट जोड्ने सडक र चिलखाया हुँदै पादमघाट र पिलि गेला हुँदै पादमघाट र अर्को बिकल्प सेरावाडा हुँदै पादमघाट सडक  हुन ,तर तिनै सडकमा ठूलो चुनौती रहेको अध्यक्ष सिंहले बताउनुभयो  । कर्णाली प्रदेशमा संघियता पछि बनेको पहिलो सरकारको मुख्यमन्त्री महेन्द्र ब शाहीका  प्रमुख स्वकिय सचिव  बनेका सिंहले आफ्नै पहलमा पनि ति सडकहरूमा बजेट बिनियोजन गरेर  भुमिका निर्वाह गरेका थिए ।  सिंहले पालिकाको नेतृत्व समाल्ने अवसरपाए पछि सडक सञ्जालसंग गाउँपालिका जोड्नु प्रमुख लक्ष्य रहेको बताउनु भयो ।  अध्यक्ष सिंहले   कर्णाली राजमार्ग सेरावाडाबाट महावै गाउँपालिकामा यातायातका लागि सडक संचालनमा ल्याउने कुरा हालको लागी प्राथमिक्तामा परेको बताउनु भयो । दैलेख महावै सडक संन्चालनमा आए पनि हिउँदमा हिउँ र बर्षादमा हिलो , अरू तीन तिर तिला नदी र कडाचट्टानीभाग रहेकाले सडक सञ्जालमा पालिका जोड्न कठिन भएको सिंहले बताउनु भयो ।उहाँका अनुसार पालिका सिमाक्षेत्र भएर,राजमार्ग हुम्ला, मुगु र जुम्ला जान्छ तर आफ्नो पालिकाको सरकारी गाडी पनि खाडाचक्रको सेरावाडामा छोडेर घण्टौ प‌ैदल हिडेर पादमघाट जानू पर्छ त्यसकारण तिलानदीमा पुल जडान भए एक बर्षमै यातायातको पहुचमा पुर्याउन सकिने अध्यक्ष सिंहको दाबि छ । पहलका लागि आफु कर्णाली प्रदेश राजधानिमा रहेको बताउनुभयो । पुल जोड्ने प्रक्रिया तिव्र गतिमा लाग्नु भएकोमा महाबै सरकार प्रमुख खेम सिंहले तिलानदीमा बेलिब्रिज नभएका कारण  सडक सञ्जालसंग पालिका जोडिन नसकेको बताउनु भयो । सिंहले यसैसाता  सडक बिभागसंग रहेको कर्णाली राजमार्गको सेरीघाटमा जडान भएको बेलिब्रिज खोलेर सेरावाडा जोड्ने अनुमति सडक बिभाग पुल महासाखाले    पालिकालाई दिएको छ । हाललाई उक्त पुल प्रदेश सरकार र स्थानिय सरकार महावैलाई हस्तान्त्रण गरेको पत्र बिभागले लेखेसंगै पुल स्थानान्त्रणको बाटो खुलेको छ । पुल तिलानदी सेरवाडामा जडान भए पछि महावै गाउपालिकाको  पादमघाट  यातायात सेवा संग जोडिने  बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !