शसस्त्रद्वन्द्वका बेला बिस्थापित कालिकोट रास्कोट नगरपालिकाको फुकोट प्रहरी चोकी पुन स्थापना गरिएको । द्वन्द्वका बेला उठेको प्रहरी चौकी द्वन्दसामाधान पछी रास्कोटको आरसिपीबजारमा भाडाको घरमा इलाका प्रहरीचौकी स्थापना गरिएको थियो । हाल रास्कोट ईलाकन प्रहरी चौकी सोही ठाउमा रहेको छ । तर साबिक फुकोट चौकिपुन स्थापना गरि प्रहरी राखिएको छ । आज एक बृहत् कार्यक्रमका बिच राष्कोट न.पा.९ फुकोटमा राष्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण) को प्रमुख आतिथ्यमा एवम् प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको विशेष आतिथ्यमा एक समारोहका बिच प्रहरी चौकी रास्कोट स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा रास्कोट नगर उप प्रमुख मनिराज बराल विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, कालीकोट जिल्ला र रास्कोट नगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकार, प्रहरी र स्थानिय नागरिकको सहभागितामा एक बृहत् समारोह गरि चौकी उद्वघाटन गरिएको हो । रास्कोट नगरकै स्युना, फुकोट र सान्तिघाटमा प्रहरी सुरक्षा रहेको रआन्तरीक सुरक्षाका लागी नगर प्रहरी भर्ना प्रकिया सम्पन्न भएको भन्दै रास्कोटको शान्तिसुरक्षा अमनचयन कामय हुने नगर प्रमुख धर्मराज शाहिले रेडियो प्रदेश आवाजलाइ जानकारी दिनु भयो । कार्यक्रममा स्थानियले प्रहरी चौकि स्थापना भएको भन्दै भब्य स्वागत गरेका छन ।