भर्खरै सम्पन्न माओवादी केन्द्र केन्न्द्रिय समितिको बैठकले पार्टीको सागठानिक संरचनामा हेरफेर गरे पछी कालीकोटमा थुप्रै नेताहरूले सामाजिक सन्जाल मार्फत असन्तुस्टी ब्यक्त गरेका छन । माओवादी केन्द्रले स्थानियतहको निर्वाचनको नजिक बिभिन्नतहमा जिम्मेवारी हेरफेर गरेपछी असन्तुस्टी चुलिएको थियो तर तत्कालिन अन्तरबिरोध हलगर्न पार्टीले संघ र प्रदेशको निर्वाचन पछी मात्रै सांगठानिक जिम्मेवारी हेरफेर गर्ने बताएको थियो । सरकारको कार्यकारी जिम्मेवारीमा पुगेकालाइ संगठनको कार्यकारी भुमिका नदिने र सरकार र पार्टी दुबै सफल पार्न एकल कार्यकारी भुमिका कायम गर्ने बताएको माओवादीले त्यो प्रक्रियाको थालनि गर्नुको बिकल्प उल्टै विभिन्न जिम्मेवारी अथवा दर्जनौ बैकल्पिक केन्द्रीय सदस्य थपेपछी थुप्रै असन्तुस्टी चुलिएका छन ।
माओवादी केन्द्रका नेताहरूको जनजिब्रोको भाषा वा निर्देशन निर्वाचनमा वडा जित्ने र जनआधारका आधारमा नेता बन्ने बहस हुन्छ तर पार्टी कमिटी निर्माण गर्दा जहाँ जहाँ हारीएको छ र हराइएको छ त्यही त्यही वडा र पालिकावाट नेता बनाउने परिपाटी बसेको भन्दै असन्तुस्टी चुलिएको हो । यसैसाता सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले व्यापक सांगठानिक हेरफेर गरे पछी पचालझरना गाउँपालिकाका पूर्व अध्यक्ष तथा माओवादी नेता खड्कराज सेजुवाल,खाडाचक्र नगरका उपप्रमुख तथा प्रदेश कमिटी सदस्य गणेश शाही आकास , तिलगुफा नगरका पुर्व नगर प्रमुख रतन ब शाहीले ब्याङ्यात्मक शैलिमा स्टाटस लेख्दै सामाजिक सन्जालमा असन्तुस्टी ब्यक्त गरेका हुन ।
उनिहरूले पार्टी हार्दै जाने सिसिएम बढ्दै जाने भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा पार्टी हार्दै जाने सिसिएम बढ्दै जाने भएको बताएका हुन् । तिलागुफा नगरका पुर्व नगर प्रमुख रतन शाहीले पार्टी लाई सि सी एम चाहिएकाेहाे कि संगठन? भन्दै पहिलो स्टाटस लेखे भने मेराे पार्टी मा मेराे ब्रर्गियता हरायाे जतीकरायाे करायाे @गाेलमाेलमा बर्गियताहरायाे कि कसाेहाे महासए? भनेर दोस्रो स्टाटस लेखेका छन ।
त्यस्तै पचालझरना गाउपालिका पुर्व अध्यक्ष खड्कराज सेजुवालले
‘पार्टी हार्दै जाने सिसिएम बढ्दै जाने वडा पालिका जित्न नसक्नेहरु नेता बनेकै छन् ।’ उनले भने,‘यहि परिपाटीले पार्टी खुम्चिदै गयो । संगठन निर्माणमा कहि कसैको चिन्ता छैन सेजुवालको भनाइ छ ।
माओवादीले बुधबारका दिन केन्द्रीय सदस्य बैकल्पिक केन्द्रीय सदस्यको नामावली सार्वजनिक भए पछी यी नेताहरूको असन्चुस्टी बाहिरिएका हुन । ‘माथि पद कसरी ओगट्ने भन्ने चिन्ता सबैलाई छ मेरो पार्टीमा फलोसफुलोस जय पार्टी ।’ उनले भने ‘सिसिएम सबैलाई हार्दिक शुभकामना । कोही कसैको जिबनसँग मेल खाएमा संयोग हुनेछ भनेर ब्याङग्यात्मक स्टाटस लेखेका हुन । त्यस्तै खुलेर असन्तुस्ट ब्यक्त गर्नेमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा खाडाचक्र नगरका उपप्रमुख गणेश शाहीले केन्द्रीय पार्टी अध्यक्ष प्रचण्डलाइ
शलाम कम्रेड प्रचण्ड भन्दै सलाम शाथिहरु शक्ति प्रभाकर काली बहादुर महेन्द्र बिमला काम्रेड हरु ,तिम्रा आसेपासे को जगेर्ना राम्रो सँग गर्नु कर्णालिको साँउ ब्याज आसेपासे बाट उठायर तिम्रा परलोकमा रहेका सोर्गिय हजुर बुवा ममिको मन चित्त बुझाउनु तिमीहरु आदरणीय सहिद परिवारको जमिनमा फर्किदै गर्दा म कर्णालिको छोरा आकाश बाटैको चौतारिमा बसेको हुनेछु भनेर लेखेका छन ।