रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

जनयुद्व कति सहि कति गलत : पूर्ण ब बिक प्रमुख प्रशासकिय अधिकृत पचालझरना गाउंपालिका कालिकोट

नेपालमा सदियौ लामो एकात्मक शासन राजतन्त्रतात्मक ब्वस्थाको अन्ते गरि नेपालमा नौलो जनवादी राज्य ब्यवस्था स्थापना गर्ने उधेश्यले जनयुद्व सुरू भएको दिन फागुन १ गतेलाइ देशभर माओवादी केन्द्र र त्यसका विभिन्न तहका कमिटीले जनयुद्व दिवस मनाएका छन ।

जनयुद्व दिवसका अवसरमा संघिय सरकार , केही प्रदेश सरकारले बिदा दिने घोषणा गरे पछी जनयुद्व दिवस र बिदा दिने सरकार बारे सकारात्मक र नकारात्मक टिकाटिप्णी हुन थालेका छन। केहीले जनयुद्व दिवसलाइ पृथ्वी जयन्ति संग जोडेर बिरोध गरिरहेकन छन भने केहीले जनयुद्व एक परिवर्तनको आन्दोलन भएकाले सकारात्मक भनेका छन ।
यही दिनको अवसर पारेर पचालझरना गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पुर्ण ब बिकले सामाजिक संन्जालमार्फत जनयुद्ववारे सकारात्मक र नकारात्मक टीका टिप्पणि गर्नु भएको छ । केहीका लागि महान घटना लाग्नु र केहीका लागि कंलक लाग्नु त्याे व्यक्तिगत स्वार्थसंग जाेडिएकाे विषय हाे । तर परिवर्तन भन्ने कुरा जे छ, जे चलिरहेकाे छ तेही अवस्था, प्रवृति र रूपमा सम्भव हुदैन जहाँ परिवर्तनकाे गुञ्जायस हुन्छ त्यहाँ विद्राेह र संघर्ष स्वभाविक हुन्छ । रह्याे कुरा १७ हजारकाे १७ हजारकाे ज्यान जानुमा जति माओवादी दाेषि छ तेति नै त्यस बखतकाे राज्य संयन्त्र पनि दाेषि छ । अनि अर्काे बिषय जनयुद्ध के दियाे ? राज्यलाई विकासलाई … बर्ष पछाडी धकेल्याे । हिजाेकाे । हिजाेकाे राज्यसत्ताबाट लाभ लिइरहेका, कथित कुल घरानामा जन्मेकै आधारमा पद, मानसम्मान र प्रतिष्ठा प्राप्त गरिरहेकाहरूलाई तेस्ताे लाग्नु स्वभाविक नै हाे किनकी आज सामान्य परिवारमा जन्मेका जनताकाे छाेराछाेरी राष्ट्रपति, प्रधानमन्त्री हुने हैसियत राख्छन, हिजाे एकै समुदायका व्यक्तिहरूकाे वर्चस्व रहेकाे सरकारी निकायमा आज महिला, जनजाति, दलित, मधेसी, अपांग र पिछडिएको क्षेत्रका व्यक्तिहरू उपस्थिति देखिन्छ । हिजाे राज्यका निकायमा सेवाग्राही भएर जादा हरेक महिला, दलित,जनजाति, मधेसी, अपांग लाई लाग्थ्याे कहाँ कतिखेर अपहेलित हुनुपर्ने हाे, अपमानित महसुस गर्नु पर्ने हाे तर आज ती सेवाग्राही महिलालाई साेध्नुस, दलितलाई साेध्नुस, जनजातिलाई साेध्नुस, मधेसीलाई साेध्नुस आज       आफ्नाे लिंङ्ग, समुदायका व्यक्तिलाई कार्यलयमा देख्दा कति सहज महसुस हुन्छ, राज्यसत्ता अपन्त्व कसरी बढ्छ । भाैतिक पुर्वाधारकाे निर्माण मात्र विकास हाेइन नि । फेरि केहीलाई लाग्छ परिवर्तनलागि युद्ध नै गर्न पर्छ बिस्तारै भैहाल्थ्याे नि राज्यसत्ताकाे भाेग विलासमा रमाएका र राज्यसत्तामा एकाधिकार जमाएकालाई तेस्ताे लाग्नु स्वभाविक हाे तर अपहेलित, अपमानित भएर आत्म सम्मान गुमाएर एक दिन पनि जीवन जीउन कति गाह्राे छ, त्याे भाेग्नेलाई मात्र थाहा हुन्छ ।

विडम्बनाकाे कुरा जसकाे बलिदानीमा याे व्यवस्था र अवसरबाट लाभ प्राप्त गरि राज्य संयन्त्रमा प्रवेश पाय तिनै महिला, दलित, जनजाति, मधेसी, अपांग र पिछडियकाे समुदायमा यस प्रति देखिएकाे अनविज्ञता र अनविज्ञताकाे नाटक गज्जवकाे छ । अर्काे कुरा यसमा अन्य दलकाे कुनै भुमिका छैन? माओवादी नै यस्काे एक मात्र हकदार हाे त? तेस्ताे पनि हाेइन यसमा सबैकाे भुमिका महत्वपुर्ण नै छ तर जनयुद्धले नागरिकमा विभेद र असमानताका विषयमा जुन चेतनाकाे बिजाराेपण गर्याे यसकाे जस दस बर्षे माओवादी जनयुद्वलाई जान्छ नै । रह्याे कुरा हिजाेका परिवर्तनका संवाहक/मसिया भनिनेहरूकाे आजका व्यवहारकाे, यसमा सुधार जरूर आवश्यक छ, आज आएर सत्ताकाे लागि जेसुकै गर्नु नै थियाे भने परिवर्तनकाे नारा केका लागि? हिजाेका कुरा र आजकाे व्यवहार कहाँकहाँ तादम्यता नमिलेकाे भान भैरहेकाे छ । यश प्रति परिवर्तित व्यवस्थाका हकदार भनिने हकदारहरू समयमै साेच्न र प्रवृतिमा सुधार गर्नु आजकाे आवश्यकता हाे । किनकी राजनितिक क्रान्ति एक चरणमा सफल भएपनि आर्थिक र सामाजिक क्रान्ति अझै बाँकी छ ।

आज देश आर्थिक संकटमा फस्दै गइरहेकाे छ भने उता समाज फेरि ते पुरानै संकिर्णता फर्कन खाेजेकाे भान हुदैछ । समस्या व्यवस्थामा हाेइन समस्या प्रवृतिमा हाे । रह्याे विदा दिनु कति जायज कति नाजायज? विदा दिनु सबै कुराकाे समाधान त नहाेला तर नाजायज नै हाे भन्न नि सकिन्न, विदाकाे सट्टा अर्काे कुनै रचनात्मक कार्यबाट नि सम्मान प्रकट गर्न सकिन्छ । तर सार्वजनिक विदाकाे विराेध गर्दै गर्दा जनयुद्ध प्रतिकाे भद्दा मजाक र अमुल्यन किमार्थ उपयुक्त हुन सक्दैन ।
जनयुद्धले दिएका चाेटहरूमा मलमपट्टी लगाउने कुरामा राज्य गम्भीर हुन सकाेस, परिवर्तनका वाहक र चाहक सबैमा जनयुद्ध दिवसकाे शुभकामना । 💐💐💐💐

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !