रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

समन्वय उपप्रमुख मिना रावत ( बिक ) भन्छन : मर्यादा कुल्चियो भनेकी हु जातिय विभेद ममाथि भएको छैन , जातिय विभेद अन्त गर्ने माओवादी पार्टीनै हो ।

  1.          जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मिना रावत बिकले सामाजिक सन्जाल मार्फत आफुमाथि जातिय विभेद नभएको प्रतिक्रिया दिएकी छन ।   यही फागुन ५ गते पचालझरना गाउँपालिका वडा नम्बर – २ मा रनिङसिल्ड उद्घघाटन गर्दा  कालिकोट जिल्ला समन्वय समितिका उपप्रमुख  मिना रावत (  विक ) लाई जातको कारण प्रमुख अतिथि नबनाई कार्यक्रम उद्घघाटन गरिएको भनी   गरिएको चर्चा परिचर्चा र प्रचार बाजि गलत भएको प्रतिक्रिया दिएका छन ।
    उपप्रमुख विश्वकर्माले कार्यक्रम गाउँपालिका अध्यक्षको अध्यक्षतामा सञ्चालन गरिदा मञ्चमा सबैलाई अतिथि भनेर आसन ग्रहण गराइएको साचो भए पनि वरीयता नमिलेको विषयलाई जातमा जोडेर  सामाजिक सञ्जालमा अफवाह फैलाउने काम गलत भएको भन्दै प्रयोगकर्तालाई सुझाव दिनुभएको हो ।

पचालझरना गाउँपालिकाकै अध्यक्ष र उपाध्यक्ष प्रस्तावक समर्थक भएर आफू समन्वय उपप्रमुख निर्वाचित भएको भन्दै उपप्रमुख विश्वकर्माले उक्त कार्यक्रममा जातिय विभेद भन्ने विषय आफू सम्बद्ध पार्टी माओवादीबाट हुनै नसक्ने उल्लेख गर्नुभएको छ । माओवादी पार्टीकै कारण आफ्नो अन्तरजातिय विवाह भएको र समन्वय उपप्रमुख निर्वाचित बनेको भन्दै राजपत्रांकित बरियताको बिषय जातिय नहुने उहाँले प्रष्ट पार्नुभएको
उप प्रमुख रावत ( बिकले मिति २०७९ फाल्गुण ५ गते पचालझरना गाउँपालिकाको वडा नम्बर २ सिकुमा रास्ट्रपति रनिङ सिल्ड उद्घाटनको क्रममा  केही मर्यादा नमिलेको कुरा मैले उठाएको साँचो सत्य हो ।  तर दलित भएको आधारमा त्यो त्रुटि भएको  भनेर प्रचारवाजी गर्नु गलत हो ।त्यो  कुरा होइन र हुनै सक्दैन  उनले भनेकी छन किन कि हाम्रो पार्टी मात्रै हो दलित महिला र अन्तर्जातिय बिबाहलाई प्रोत्साहित गर्ने , त्यही जग र आधारमा पार्टी जिल्लाले सिफारिस गर्यो निर्बाचित गापा अध्यक्ष र उपाध्यक्ष द्वारा प्रस्तापक र समर्थनमा म आज यो गरिमामय पदमा छु , हाम्रो पार्टीको जिल्ला सचिव तथा पचालझरना गापा अध्यक्षबाट कल्पना भन्दा बाहिरको कुरो ( जातीय विभेद ) हुनै सक्दैन ।
तर राजपत्रांकित मर्यादालाई लिएर होस वा के कति कारणले कार्यक्रममा मर्यादा मिलाइएन भनेकी हु  अरू गलत भ्रम भयो ।
गापा अध्यक्षको अध्यक्षतामा भएको उक्त कार्यक्रम  प्रमुख अतिथि र बिशेश अतिथिको सिट खाली राखी क्रमश: अतिथिमा म लगायत नि-बर्तमान उपाध्यक्ष हुदै वडा अध्यक्ष ज्युहरु राखिएको थियो । यस बारेमा मैले मन्तव्यका क्रममा नै भनी सकेकी थिए, मलाई ब्यक्तिगत रूपमा कुनै मर्यादा चाहिएको छैन जहाँ सम्म पद रहन्छ त्यहाँ सम्म उक्त पदको गरिमा के हो त्यो हुनुपर्छ भन्ने कुरा कार्यक्रमै उठेको हो , तर  त्यो बिषय कसरी  जातियतामा गएर जोडियो मलाइ जानकारी नभएको प्रतिक्रिया दिनु भयो । सामाजिक संन्जालमा ठुलो विषय बनाई रहनु पर्ने आबश्यकता वा कारण देख्दिन  त्यसैले यो विषयलाई अन्यत्र नमोडिदिन अनुरोध छ । अध्यक्ष र मेरो बिचमा ठुलो अन्तरबिरोध होला कि जस्तो गरि विषय नबनाउन हुन सुभेच्छुकहरुमा सादर अनुरोध गर्दछु  उप प्रमुख रावत बिकले भनेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !