बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका प्रमुख कांग्रेस महाधिवेशन प्रतिनिधि कर्ण ब थापाले जनताको जीवन स्तर उठाउने मुख्य आधार सडक पुर्वाधार भएको बताउनु भयो । उहाँले सडक पुर्वाधार विकास नगरपालिकाको मुख्य योजना रहेको भन्दै मेयर थापाले त्रिवेणीका हरेक वडा ,टोल र बस्तिमा सडक पुर्वाधार जोड्ने बताउनु भयो । त्रिवेणी नगरपालिकाको कैलाशमान्डु डाँडा देखि भानासिल हुदै पैमा जोड्ने सडकको उद्घघाटन गर्दै नगर प्रमुख थापाले सडक पुर्वाधारले जनताको आयआर्जन, स्वास्थ्य तथा जनजिबिकाको सवालमा परिवर्तन ल्याउने बताउनु भयो । त्रिवेणी नगरपालिका वडा न. ७/८ र ९ जोड्ने धामिगैरा देखि भानासिल हुँदै कुलिबाँद सम्मको सडक उद्घघाटन गर्नु हुँदै नेपाली कांग्रेस महाअधिवेशन प्रतिनिधि समेत रहनु भएका नेता नगर प्रमुख थापाले सडक उद्वघाटनका क्रममा सडक सन्चालन हुनुले जनताको जनजिबिकामा व्यापक परिवर्तन आउने बताउनु भयो ।