कालिकोट पत्रकार महासंघका संस्थापक सदस्य समेत रहेका रास्ट्रिय जनमोर्चा निकट पत्रकारहरूको संगठन प्रगतिशिल पत्रकार संघ कालिकोटका अध्यक्ष तथा केन्द्रीय सदस्य मनिराज पाण्डे माओवादी केन्द्रमा प्रबेश गरेका छन । माओवादी केन्द्रले फागुन १४ देखि सुरू गरेको सम्बृद्विका लागि संगठन सुदृढीकरण अभियानका क्रममा माओवादी केन्द्रको खाडाचक्र नगर कमिटीको बैठकका क्रममा कालिकोटका संस्थापक पत्रकार पाण्डेलाइ माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य तथा खाडाचक्र नगरका उप प्रमुख गणेश शाही आकाश , केन्द्रीय अनुशासन आयोगका सदस्य सर्पराज सिह , पार्टी प्रदेश कमिटी सदस्य सद्दन बोगटी बिपिन र धनलाल अधिकारी , माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका केन्द्रीय सदस्य रत्न कार्कीले स्वागत गरेका छन । पत्रकार पाण्डे कालिकोटबाट न्युज २४ , उज्यालो नेटवर्क रेडियो लगाएतका मिडियामा समाचार लेख्दै कालिकोट पत्रकार महासंघको कोषाअध्यक्षको भुमिका निर्वाहा गर्दै आएका हुन । बैठकमा बोल्दै पत्रकार पाण्डेले बिगत जनयुद्व सुरू नहुदै आफू माओवादीमै संगठित रहेको खुलासा गर्दै उहाले बिचमा पनि पत्रकारिता क्षेत्रमा रहेकाले पार्टीको संक्रिय राजनितिमा नदेखिएको मात्र हो पाण्डेले भन्नुभयो । हाल उहाले रेडपाण्डा अनलाइन सन्चालन गरिराख्नु भएको छ