रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

८ महिनाको पेटमा बच्चा हुदा पनि एम १६ बोकेर लड्ने पुर्व जनसेनाकी कमाण्डर बबिताको सफल ब्यवसायीक कथा

    महिला सेना बन्न सक्छन भन्ने एक सत्य उदाहरण मात्र बने जनयुद्व, महिला अधिकारीको जग नै बनेको छ । त्यसको एक परिचय हुन बबिता । १५ वर्षकै कलिलो उमेरमा माओवादी युद्वमा नियमित भुमिगत कार्यकर्ता बनेकी बबिता आजभोलि समाजको एक सफल महिला उद्वमी बनेकी छन् ।
बाल्यकालमा पुल्ती बुढाले चिनिने कालिकोट सान्नि त्रिवेणी ८ मुम्रामा जन्मेकी बबिता सामाजको एक उदाहरण मात्र बनेकी छैनन् उनी एक समाजको ऐना बनेकी छन । २०५७ सालमा माओवादी युद्वमा लागेर तत्कालिन जनसेनामा भर्ना भएकी बबिता आज  महिला मुक्तिका लागि सिकाइ बनेकी छन् । काम्रेड बबिता  तत्कालिन माओवादी सेनाका  कम्पनि कमाण्डर  थिइन् उनको अछाम साफे, कैलाली, खिमणी , म्याग्दीको  सदरमुकाम बेनिको लडाइमा सहभागी भइन , एम १६  चलाएको उनको हातमा आजभोलि सिलाइ कटाइमेसिन छ । उनको आजभोलिको जिवनयापन सुखमय बित्न थालेको  छ ।  ३  महिना प्राइभेट सिलाइ कटाइ सेन्टरमा  बर्दियामा सिकेर पछि लेवल    टु गरेकि  बबिता  सिलाइ कटाइ मेसिन चलाउदै अरूलाइ ब्यवसाय सिकाउन सफल भइन्  बबिता।
उनका श्रीमान पनि   तत्कालिन युद्वमै सहभागी सहयात्री हुन  बबिता कम्पनि कमाण्डर हुन भने उनका श्रीमान हर्क ऐडी तिर्थ पनि कम्पनि कमिसार थिए । उनी म्यागदीको बेनि  आक्रमणमा सामान्य  घाइते भइन् भने उनका श्रीमान गण्डक अभियानका क्रममा सुनौल भिडन्तमा घाइते भए । द्वन्दकालमै सान्नित्रिवेणी  ४  तिकुवाका हर्क ब ऐडी  संग ६० सालमा बिवाहबन्धनमा बाधिएकी बबिताका अहिले दुई सन्तान १  छोरा १ छोरी छन् । उनिहरूको शिक्षा दिक्षा परिवारको घरखर्च यसैबाट चलाउछन । उनी युद्वमा हुदा ६१ मा उनको पहिलो छोरी दर्शना जन्मिन  ।
आफ्नो बच्चा पेटमा ८ महिनाको हुदा सम्म उनी सैनिक  फर्मेशनमै विभिन्न लडाइमा सहभागी भएको तत्कालिन शाही सेनाको घेरामा परेको स्मरण गर्छन  ।  ८ महिना पछि उनी  बच्चा जन्माउन  सेनाको  टिमबाट छुटेर भुमिगत सेल्टरमा बसिन   त्यो बेला पनि उनलाई फर्मेशन छाड्ने मन थिएन ।पछि  छोरा प्रिन्स बोगटी जन्मिदा  भने उनिहरू अनमिनको निगरानीमा ब्यारेकमा बसिसकेको अबस्था थियो । अहिले उनका छोरा  १२ बर्षका भए ,छोरी १८ वर्षकी भइन् छोरी सप्तरीको राजबिराज युनिक कलेजमा नर्सिङ अध्यनमा छन   ।   छोराछोरीकाे  खर्च यसैबाट बेहोर्छन बबिताले ।
३९ वर्ष उमेरकी बबिता  १५ बर्षको हुदा २०५७ सालमा  माओवादी आन्दोलनमा सहभागी भएकी थिइन । उनीसंग दर्जनौ सानाठुला युद्वमोर्चाको अनुभव छ । अढाइ सय महिलालाई सीप सिकाएर सफल ब्यवसायी बनाएको उनको सफल कथा छ । पालिका स्थित मेड्पा ,घरेलु साना ब्यवसायी तालिमको प्रशिक्षक भएर  उनलेअरू महिलालाई तालिम सीप सिकाएकी छन् ।
कम्पनि कमाण्डर बबिता सिलाइ   कटाइ सीप गाउँका महिलालाइ सिकाउछन। गाउँको बिचैमा  सिलाइ कटाइ सेन्टर डिपि टेलरिङ सेन्टर खोलेर बसेकी बबितालाई अहिले उत्साह छ ।
गाउँमा सात वटा मेसिन राखेर बबिताले गाउँमै टेलरिङ सेन्टर खोलेका छन । उनले लेडिज जेन्स  कपडा सिलाउछन र महिलालाई सीप सिकाएर ब्यवसायी रोजगारी  बनाउछन्।
माओवादी केन्द्रको गाउँकमिटी सचिवालय सदस्य समेत रहेकी बिबतालाई अझै यसलाई उधोगका रूपमा विकास गराउने लक्ष्य छ । सुरूमा पुनरस्थापनामा आउदा सरकारले दिएको ६ लाखले बर्दियामा सानो मिनिघर बनाएर बसेकी उनी त्यो बेचेर गाउँ फर्केकी हुन् । उनलाई छोरी पढाउन सकस भए पछि घरखेत बेचेर पुर्खेउली घर फर्कियौ , पछि केही त्यो बचेको पैसा र कमाएको पैसाले २८ लाखमा गाउँकै नजिक ठूलो खेत किन्न सफल भएको सफल कथा उनका श्रीमान हर्क ऐडीले रेडियो प्रदेश आवाजला बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !