युवा लक्षित नेतृत्व बिकासर वातावरण संरक्षण बिषयक अन्तरक्रिया सहित कालिकोट ,मुगु र हुम्ला जिल्लाका युवाहरू कालिकोटमा जम्मा भएका छन ।
आजको युवा,वातावरण संरक्षण ,उधमशीलता र समृद्धिकाे सुनिश्चितता ।भन्ने मुल नाराका साथ TDHBMZ जर्मनीको आर्थिक सहयोग, मानवअधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटकाे सहजिकरणमा संचालित ग्रामीण हिमाली क्षेत्रमा दिगो जीविको पार्जन तथा जैविक विविधता संरक्षण (शुलभ)परियोजना अन्तर्गत युवा लक्षित नेतृत्व विकास र वातावरण संरक्षण बिषयमा दुई दिने अन्तरक्रियात्मक युवा सम्मेलनका लागि युवाहरू कालिकोटका जम्मा भएका हुन ।
हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष बिरेन्द्र ब बुढाको अध्यक्षयतामा र जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख अथित्यथामा र महावैका गाउपालिकाका अध्यक्ष युवा नेता खेम ब सिहको विशेष अथित्यथामा , प्रमुख जिल्ला अधिकारी जोरासिह माझी ,प्रहरी प्रमुख जयश्वर रिमाल , खाडाचक्र नगरका पुर्व उपप्रमुख बिजया बिष्टलगाएतको आथित्यथामा अन्तरक्रिया उद्घघाटन भएको हो । कार्यक्रममा अन्तरक्रियात्मक भनाइ राख्ने पत्रकार प्रेमराज सिम्खाडाले युवा रोजगार अहिलेको टट्कारो आबश्यता रहेको बताउनु भयो ।कार्यक्रममा बोल्ने रेडियो प्रदेशका अध्यक्ष रत्न कार्कीले ,आजको युवा वातावरण संरक्षण उद्ममशिल्ता र सम्बृद्विको शुनिश्चितता मन परेको टपिक्स भन्दै नेपालमा युवालाइ ढुंगा हान्नेतर्फ होइन मात्र प्रयोग गरेको बताउनु भयो , राहादानिका लागि परराष्ट्रको ढोकामा पासपोटका लागी भिड लाग्ने नेपालमा चुनावताका विभिन्न दलिय युवा संगठनका नाममा ढुंगा हान्न प्रयो गर्ने भन्दै अब युवालाइ बनतावरण जोगाउने र बिश्वलाइ सहयोग गर्ने तर्फ लगाउनु पर्ने बताउनु भयो , वाइसिएल ,युथफोर्स तरूणदल होईन अब सबै दल राजनितिक कर्मी र सबै तहका सरकारले बनस्वयमसेबकदल बनाउनु पर्ने र उत्पादनदल बनाएर लगाउनु पर्ने बताउनु भयो । कार्कीले आजको बिश्वमा बिभिन्न वातावरणीय समस्या देखिएको भन्दै अब पार्टीका राजनितिक दल नभएर वातावरण संरक्षणदल बनाउ अन्तत युवाहरूलाइ उत्पादनदल तर्फ केन्द्रित गरौ र बनडढेलो नियन्त्रण र बृक्षारोपणमा केन्द्रित गरेमात्र वातावरण जोगिने बताउनु भयो ।
राष्ट्रिय युवा परिसद्का अध्यक्ष सन्तोस महतारा , पत्रकार महासंघका सचिव खडान्नद अधिकारीले युवाशक्तिमा देखिएको बेरोजगारी समस्या र त्यसका कारण पलायन हुने समस्या रोकणन जरूरी रहेको बताउनु भयो । जुम्ला मुगु र कालिकोटका युवाहरू सहभागी रहेका कार्यक्रममा बोल्दै कालिकोट प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले अरूलाइ भन्दा आफुलाइ सचेत र सम्बेदनशिल बनाउनु पर्ने बताउनु भयो । युवाहरूलाइ पढ्ने र अध्यनशिल बनाएर बिश्ववजारमा बिक्रि हुने सीप नेपालि युवाहरूमा हुनु पर्ने बताउनु भयो । सामाजिक मिडियलाइ ज्ञान आर्जन गर्ने दिशा तिर लिनु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जोरासिह माझीले रास्ट्रिय युवा परिसदले सरकारले युवाहरूको उद्मम बिकास तर्फ लगाउन जरूरी रहेको भन्दै सरकारले युवाका लागि भनेर १% ब्याजमा सौलियत रिण दिएको छ त्यसको सदुपयोग गर्नु पर्ने बताउनुभयो । युवाहरू पुर्ण बेरोजगार छन , बैदेशीक रोजगारीका लागि हानथाप छ राहदानि बिभागमा लाइन छ त्यसको ब्यवस्थापन गरौ युवाश्रमको सम्मान गरौ देश हराबरा हुने बताउनु भयो ।
खेलकुद बिकास समिति कालिकोटका सदस्य सचिव हरी ब शाही , पत्रकार तुलाराम पण्डेले युवाको पहुच प्रतिनिधित्व र पहिचाहान कायम हुनु पर्ने बताउनु भयो । युवालाइ प्रबिधि, आर्थिक क्रियाकलाव र सामाजिक नेतृत्व युवाहरू हुन जरूरी रहेको बताउनु भयो ।
खाडाचक्रका निबर्तमान उप प्रमुख बिजया बिष्टले युवाहरूलाइ राजनितिकबाट टाढा राखेर बिकास र सम्बृद्विमा लगाउनु पर्ने बताउनु भयो । राजनितिकबाट टाढा राखेर बिकास र सम्बृद्विमा लगाउनु पर्ने तर्क उहाको छ । जिल्ला समन्वय समितिका सदस्य धन ब शाहीले युवाको जोस जागर र बुढापाकाको सुझावको तालमेल मिलाउन जरूरी रहेको छ जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहिले युवा देशकोलागि प्रमुख साधान भएकोले युवा शशक्तिकरण जरूरी रहेको बताउनु भयो ।