रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

स्वास्थ्यमा काम गरिरहेको आई.एन.एफ.को अनुगमन , बर्थिङ सेन्टरमा भिडियो एक्सरे देखि आमाबच्चा पोषणमा सहयोग

कालिकोट जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गर्दै आएको आई. एन. एफ नेपालको परियोजना समुदायमा सन्चालित लैंगिक हिंसा र योन तथा प्रजनन् स्वास्थ्यबारे शसक्तीकरण कार्यकम खाडाचक्रमा प्रभावकारी बन्दै गएको खाडाचक्र नगरका नगर प्रमुख कमल ब शाहीले बताउनु भयो ।२००९ साल पोखराबाट देखि नेपालमा ७० बर्ष सम्म विभिन्न क्षेत्रमा सन्चालनमा रहेको आई.एन.एफ.ले जिल्लामा आमा बच्चाको पोषणमा ठूलो योगदान गरीरहेको बताउनु भयो ।परियोजना संयोजक दल ब बुढाले सुरूमा कुष्टरोग निवारण सेवामा क्रियाशिल थियो , पोखराबाट सुरू भएको कुष्टरोगको निवारणको अभियानवाट आफ्नो पाइला सुरू गरेको स्मरण गर्दै अहिले समुदाय बिकासमा पनि काम गरिरहेको बताउनु भयो । बिदेशि दुइजना दिदी बैनि नागरिकले सुरू गर्नु भएको आइ. एन.एफ.ले नेपालको स्वास्थ्य क्षेत्रमा प्रबिधि हस्तान्त्रण र आमा बच्चाको पोषणमा योगदान गरिरहेको बुढाले बताउनु भयो ।हाल आएर समुदाय बिकासमा काम गर्छ भने अर्को तर्फ समुदाय स्वास्थ्य सुधार गर्न अस्पताल सन्चालनमा समेत काम गरिरहेको बताउनु भयो । पोखरा सुर्खेत र नेपालगन्जमा कुष्टरोग अस्पताल समेत सन्चालन गरेको बुढाको भनाइ छ ।अन्य जिल्लामा बिभिन्न स्वास्थ्य शिबिर गर्ने गरीरहेको बुढाले बताउनु भयो ।
कालिकोटका नरहरीनाथ र खाडाचक्रमा काम गरीरहेको परीयोजनाले नरहरिनाथमा बिपद ब्यवस्थापन र जलवायुपरिवर्तन संग सम्बन्धि रहेर काम गरिरहेको छ भने परियोजनाले खाडाचक्र नगरको १ देखी ११ सम्म प्रजनन् स्वास्थ्य संग सम्बन्धित रहेर काम गरिरहेको छ ।
यसै हप्ता परीयोजना सल्लाहकार समितिको बैठक खाडाचक्र नगरको पाखा स्वास्थ्य चौकीमा बसेको छ । बैठकमा परीयोजना गतिबिधिबारे जानकारी गराउदै परियोजना अधिकृत पदमा हितानले परियोजना सम्बन्धि अभिमुखिकरण, बेसलाइन सर्भे गरेर समुदाय छनोट गरी २२ स्कुल र ३८ आमासमुहमा प्रजनन् स्वास्थे सम्बन्धि तालिम दिने काम गरिरहेको जानकारी दिनु भयो । लैंगिक हिंसा र योन तथा प्रजनन् स्वास्थ्यबारे शसक्तीकरण गर्ने काम गरीरहेको बताउनु भयो । चोयाको डस्बिन बनाएर वडा कार्यालयमा पुर्याएको बताउनु भयो । खाडाचक्र नगरका प्रमुख कमल ब शाहीको अध्यक्षयतामा बसेको बैठकमा सहजीकरण गर्दै परीयोजना संयोजक दल ब बुढाले बताउनु भयो ।
८ वटा स्वास्थ्य साखामा रहेका महिला स्वास्थ्यकर्मीलाइ एस.बि.आइ तालिम दिईरहेको बताउनु भयो ।खाडाचक्र दाहामा १८ बर्ष देखि फिस्टुला बिरामि महिलालाइ सुर्खेतमा उपचार गरेर निको पारेको बताउनु भयो ।समुदाय स्तरमा बालविवाह धेरै छ तर लुकाइरहने अबस्था रहेको हुनाले त्यसको न्युनिकरणमा चेतना जगाउने संस्थाको काम रहेको बताउनु भयो ।
बिकट दुर्गम जिल्लामा समुदाय शसक्तिकरणको काम गरिरहेको छ जुम्लामा ४३ बर्ष भयो ,मुगुमा २६ बर्ष मुगुमा ९ बर्ष काम गरेको परीयोजनाले कालिकोटमा खाडाचक्र र नरहरिनाथमा बिगत दुइवर्स देखि क्रियाशिल रहेर काम गरिरहेको संयोजक बुढाको भनाइ छ ।
खाडाचक्र नगर प्रमुख कमल ब शाही , वडा अध्यक्ष दिल ब शाही ,वडा नं ४ का अध्यक्ष प्रभानन्द आचार्य , वना नं ८का अध्यक्ष नन्द ब मल्ल र ९ का अध्यक्ष बिरीजित बिष्ट खाडाचक्रका प्रमुख प्रशासकिय अधिकृत जसी प्रसाद चौलागाइ , जिल्ला स्वास्थ्य ब्यवस्थापक कटक महत , प्रशासन प्रतिनिधि लक्ष्मी पाण्डे, खाडाचक्र स्वास्थ्य साँखा प्रमुख रबिन्द्र सेजुवाल परियोजना संयोजक दल ब बुढा , योन तथा प्रजनन् स्वास्थ्यमा सुधार तथा बालविवाह रोकथाम कार्यक्रम आईएनएफ नेपाल परियोजना अधिकृत पदमा हितान रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की लगाएतको टोलिले स्वास्थ्यमा पारेको प्रभाब अनुगमन गरेको छ ।नरहरीनानाथमा सरसफाइ र जिबिको पार्जनमा टेवा पुर्याइरहेको आए. एन. एफ.ले खाडाचक्रमा योन तथा प्रजनन् स्वास्थ्यमा काम गरिरहेको छ। बालविवाह न्युनिकरण तथा प्रजनन् स्वास्थ्यमा सुधार बालक्लव ,आमासमुहमा मार्फत समुदायमा आमा बच्चाको पोषण सुधारमा जागरण ल्याउने गरिरहेको छ ।
आमासमुहमा मार्फत बालवालिका र आमाको सुरक्षामा सहजिकरण गर्ने गरिरहेको परियोजनाले वडा नं १० चौकीमा आमा समूह र सुनौलो हजार दिनका आमाहरूसंग नगर सरकार प्रमुख र स्वास्थ्यसेवासंग सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया गरेर समीक्षा गरेको हो । सुनौलो हजार दिनका आमा पार्वति बिक, लक्ष्मि बिक ,दुधकला शाही लगाएतले नियमित मासिक बैठक बसालेर नियमित सुत्केरी चेकजाच , पारीवारीक अबस्था बुझ्ने काम परीयोजनाले गरिरहेको बताउनु भयो । उहाहरूले परीयोजनाले आमासमुह र सुनौलो हजार दिनका आमालाइ पोषणमा सहयो गरिरहेको छ तर आमासमुहको बैठक लगाएतका दिनमा खाजा खाने समेत ब्यवस्था नभएको र बैठक बस्न भवन समेत नभएकाले आमासमुहको भवन सुत्केरी हुन अस्पताल सम्म जाने एम्बुलेन्स र सुत्केरीअबस्था चेकजाच गर्न जाने बाटो आबश्यक रहेकोले निर्माण गरि दिन नगर सरकारसंग माग गर्नु भयो ।
परीयोजनाले पाखा स्वास्थे संस्थामा भिडियो एक्सरे सुबिधा र चौकीमा रहेको स्वास्थे ईकाइमा बर्थिङसेन्टर संन्चालनका लागि आबस्यक सरसामान सहयोग गरिरहेबो छ ।बर्थिङ सेन्टरको सुधार गर्न समेत त्यहाका महिलाको माग छ ।
वडा नं १० को स्वास्थ्य ईकाइमै बर्थिङ सेन्टर स्थापना गर्ने तयारीरहेको र आबश्यक सहयोग गर्न नगर सरकारसंग त्यहाका आमासमुहले माग गरेका छन ।
३८ वटा आमासमुहमा विभिन्न साााग्रि सहयोग गरेको परियोजनाको अनुगमन क्रियाकलाव पछी
नगर प्रमुख कमल ब शाहीले आबश्यक ब्यवस्थापनको माग वडा अध्यक्ष मार्फत ल्याउन र पूरा गर्ने बाचा गर्नु भयो । परियोजना पहाडी जिल्लाको पोशण सुधारमा प्रभावकारी रहेको आफुले बुझेको र यसको निरन्तरताको खाचो रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !