रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रतिरोध दिवश मनाउदै माओवादी केन्द्र निकट महिलाहरू माल्कोट बिथलडाडामा पुगे , दोस्रो जिल्लाभेला गरेर महिलाको नया नेतृत्ब चयन गर्दै

तत्कालिन जनयूद्वको रापतापमा निशस्त्र महिलाले शसस्त्रप्रहरी संग भिडन्त गरेर राइफल खोसेर माओवादीलाइ बुझाएको दिनको अवशर पारेर नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले नरहरिनाथको माल्कोट विथल डाँडामा दोस्रो जिल्ला सम्मेलन गरेको छ । निशस्सत्र महिलाले दिनभरको लडाईबाट प्रहरीलाई लखेटेको दिनलाइ माओवादीले प्रतिरोध दिवश मनाउदै आएको छ । बिथल डाडावाट लखेटेर छिमेकि गाविस कोटवाडाको चिउरी मेलामा कृुमालगाउँ रुप्साकाबाट समेत आक्रोषित भएका जनताले प्रतिरोध गरि चिउरी मेलामा प्रहरी संग लडेरराइफलखोसेका थिए ।
सोही दिनको अवसर पारेर महिला संघ क्रान्तिकारीले माल्कोटमा दोस्रो जिल्ला सम्मेलन गरेर प्रतिरोध दिवस मनाएको हो ।
त्यहा पुगेका अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अम्रीता थापा , उपाध्यक्ष दामा शर्मा ,पार्टी केन्द्रीय सदस्य बिष्णु बिक , पार्टी प्रदेश सचिव धनजित शाही , जिल्ला पार्टी अध्यक्ष लक्ष्मि चौलागाइ लगाएतले सम्बोधन गरेका छन । संघका अध्यक्ष मिठ्ठु बम ( शैलजाको अध्यक्षयतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष थापाले ,दोहोरा भिडन्तकै क्रममा कालिकोट जिल्लाकै प्रथम सहीद कोटवाडा वार्ड नंं ७ निवासी कालीबहादुर बिकले उच्च साहदत प्राप्त गरेको स्मरण गर्दै माल्कोटी महिलाको प्रतिरोध नेपाली जनयुद्धकै एउटा प्रतिनिधि मुलक घटना बनेको बताउनु भयो । नेपाली जनवादी क्रान्तिकै एक ऐतिहासिक घटना भएको स्मरण गर्दै थापाले यो चमत्कारी घटनालाई नेपालमात्र हैन विश्वभरीका मुक्तिकामी महिलालाई सन्देश दिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !