रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बिहेवारी र नागरीक्ता सहीत धनसम्पती प्राप्तगरेका देबराज भारतिय नागरिक भएको पुष्टि , दुई देबराज घर पुगे, गाउमै हल्लिखल्ली

कालिकोट रास्कोट नगर पालीका वडा नं ८ का मननाथ धमालाका दुई छोरा र १ छोरी थिए । जेठा धनकृष्ण धमाला र कान्छा देबराज धमाला दुबै भाइ बाल्यकालमै घरवाट भागेर भारतमा गए र पारीवारीक सम्पर्क बिहिन भए । लामो समय सम्पर्कमा नआए पछी चिन्ताले मननाथको परीवार बिरक्तियो त्यस पछि मनाथको परीवारमा रहेकी एक छोरी थिइन ती छोरी रमिता बराल पनि बिहेवारी गरेर आफ्नो घरजममा जुटीन । पोइली घर गए पछि मननाथका दम्पति बुढेशकालमा साहाराबिहिन भए । जीवन धान्न पनि निकै शास्ति बेहोर्नु पर्यो ।जसका कारण मननाथ धमालाका दम्पतिले जिवन जिउन बुढेसकालमा अंसियार देवाकृष्ण धमालाको परिवारको श्रणमा पुगे । देवाकृष्ण धमाला मननाथका भाइ हुन ।लामो समय देवाकृष्णको परिवार संग बसे मननाथ । त्यहि उनको मृत्यु भयो तीन तिन सन्तान जन्माएर निसन्तान जस्तो बनेर बस्नु परेको चिन्ता एका तर्फ थियो भने बाबुआमालाई सन्तान हराएको चिन्ताले मननाथको मन कहिलेही पनि सान्त भएन मननाथ दम्पतिको मृत्यु समेत भयो । मृत्यु पछि देवाकृष्णका सन्तान गोकण धमालाको परिवारले मननाथको सतगत गरे । अंस श्री सम्पति भोकचलन गरे ।
७९ को दशै तिहारमा २० बर्ष सम्पर्क बिहिन भएका मननाथका कान्छा छोरा देबराज धमाला जस्तै हुलिया भएका एक जना रास्कोट ८ फुकोटसंग परिचित महिलासंग बिहे गरेर घर भित्रिए । घर भित्रिएको भन्दै उनका आफन्तले बाजागाजा सहित घर भित्र्याए र बिहेवारी गरि दिए । अंश भोकचलन गरिरहेका गोकण धमालाले गाउलेको सरसल्हामा जिल्ला प्रशासन कार्यालय कालिकोट पुगेर नागरिक्ता बनाए । आफुले समालेको पुर्व अंश जंग्गाजमिन तिनै देबराज भनिनेको नाममा फर्काए । नागरिक्ता पाएका भारतिय अर्कै नागरिक पो रहेछन । उनले नागरीक्ता प्रदान गरिसके पछि मननाथको मृत्युदर्ता समेत गरेर पुर्ख्यउली धन सम्पति र जंग्गा जमिन आफ्नो नाममा समेत सारे ।
६ महिना बित्तै जादा मननाथ धमालाका वास्तविक छोरा देबनाथ पनि घरमा आइ पुगे । उनी घरमा आइ पुग्दा उनको बावु मननाथको नक्कलि छोरा र बुहारी बनेर अर्कै कुनै भारतिय नागरिक घर भित्रिएका थिए । आफ्नो घरमा पुगेका मननाथ धमालाका वास्तविक छोरा देबराज घर पुगे पछि उनी चकित परे । अहिले गाउमै हल्ला खल्ला छ । उनलाइ अहिले गाउलेले पहिले घरभित्रिएका भारतिय नागरिकलाइ गोकण धमालले दिएको घरमा बसिरहेका छन । पछी आएका देबराज , गोकण धमालासंगै बसीरहेका छन ।
वडा अध्यक्ष मनिराज बरालका अनुसार दुबै जना नेपाली भाषा प्रस्ट बोल्न नसक्ने भए पनि पछी आएका देबराजसंग धेरै कुरा जानकारी भएको पाईएकाले पहिले आएका नागरिक नक्कली भएको पुष्टी भएको हो । वडा अध्यक्ष बरालले नागरिक्ता प्राप्त गरेका देवराज भनिने भारतिय नागरिक भएको खुल्न आएको बताएका छन । उनले अर्का वास्तविक देबराज आएर दाबि गरे पछि पहिलेका देवराजले आफू भारतिय नागरिक भएको स्वीकार गरेको वडा अध्यक्ष बरालले बताउनु भयो । नक्कली छोरा बनेर लिएको नागरिक्ता खारेज ,घरजंगा फिर्ता गरेर कसरी समस्या सुल्जाउने भन्ने बिषयमा छलफल हुने र अब यो बिषयमा कानुनी परामर्ष पछी मात्र भन्न सकिने वडाअध्यक्ष बरालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !