कालिकोट जिल्लाको नरहरिनाथ गाउपालिका १ कोटवाडामा पसु चौपायामा फैलिएको अज्ञात रोगका कारण दर्जन बढी किसानका गोरू मरेका छन । तर पसुचिकित्सा संग सम्बन्धित निकाय जिल्ला पसु अस्पताल र गाउपालिका सरकार बेखबर बनेका छन । पालिका स्थित पसु सेवा कार्यालयमा पुगेका किसान पसु प्राबिधिक ,चिकित्सक र ओैषधि सम्म नपाएर फर्केका छन । त्यहा जादा ओैषधि छैन पसु प्राबिधिक बाेलाऊँदा पसु चिकित्सक छैनन् भनेर जवाफ दिएको युवा सितल बिष्टले बताउनु भयो ।जनताकाे ठुलाे क्षेति भएको छ राज्यका निकाय र पालिका सरकारगैर जिम्मेवार बनेका छन बिष्टले बताउनु भयो।
नरहरीनाथ गाउपालिका साबिक काेटवाडाको डिके धारि डाँडा पाेरि हँसाला लगाएतका क्षेत्रमा किसानले पालेका गोरूहरूमा गलो सुनिने ,शरिरमा गिर्खा आउने , -याल निकाल्ने र घाँस नखाने र थरथरी कापेर मर्ने गरेको बिष्टको भनाइ छ । गाेर्खे कठायत, दमन बिष्ट, पंख बिष्ट लगाएतका किसानहरूका गोरु मरीसकेको बिष्टको भनाइ छ ।यश बिषयमा जिल्ला पसु अस्पतालका प्रमुख प्रेम प्रसाद अधिकारीको सम्पर्क गर्दा जिल्लाभर १ सय ६२ पसु मरेको १ हजार भन्दा बढी मरेको रिपोट छ ज्वरो घटाउने समेत ओैषधि छैन उहाको जवाफ छ ।