रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा वडा वडामा सार्वजनिक सुनुवाई गर्नेमा सान्नित्रिबेणी गाउपालिका

मानिसको सर्बोपरीगुण आलोचनावाट डराउने र प्रशंसामा रमाउनेनै हुन्छ । सार्वजनिक निकायमा बसेका ब्यक्ति ब्यक्ति होइनन् उनिहरूसंग सार्वजनिक जिम्मेवारी छ । सार्वजनिक जिम्मेवारीमा बसेर जनताको करवाट तलवसुबिधा लिईरहेका ब्यक्ति वा संस्थाले जनतामाथि उत्तरदायीहुने कानुनि ब्यवस्था छ ब्यवस्थाअनुसार हरेक सार्वजनिक निकायले बर्समा कम्तिमा तीन पटक आफ्ना नागरिक संग गुनासो सुन्ने , समीक्षा गर्ने र आफ्ना कार्यसम्पादन रिपोट र प्रगतिप्रतिबेदन सार्वजनिक गरेर सबै सुचना जानकारी दिनु पर्छ । यी गतिबिधिले स्थानिय निकायको कार्यसम्पादन मुल्यांङकन र बित्तिय शुसासन मुल्यांङकनमा समेत नम्मर थपिने एक सुचक हो । तर प्राय स्थानिय तह यसमा ध्यान दिदैनन् र लाग्दैनन् , जनताको माझमा उभिएर छाति चौडा पारेर जवाफ दिन डराउने गर्छन । जिल्लाको सान्नित्रिवेणी गाउपालिकाका अध्यक्ष मोहन केसी भने एक बर्षको बर्षिक कार्यप्रगति प्रतिबेदन लिएर सबै वडाहरूमा सार्वजनिक सुनुवाइको माध्यमबाट जनतामाझ समिक्षामा पुगेका छन । सान्नित्रिबेणीका सबै वडाहरूमा कार्यक्रम सम्पन्न भएका छन । सार्वजनिक सुनवाई तथा रेडियो बहस कार्यक्रम सम्पन्न गरिएका छन । आर्थिक बर्ष २०७९र८० को आय ब्याय तथा हरेक योजनाको सार्वजनिकिकरण गर्ने, बार्षिक प्रगति विवरण सुन्ने र सुनाउने शुशासन, जवाफदेहीता, पारदर्सिताका साथ स्थानीय सरकारले गरेका आफ्ना काम कार्यका बिषयमा नागरीकका बिचमा प्रस्ट पार्ने, जनताका सुझाव, सल्लाह तथा गुनासो र प्रश्नहरु केन्द्रित गरि आगामी आर्थिक बर्षमा थप योजना र बजेट निमार्णमा सहयोगक पुर्याउने उद्धेश्यले सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रमको आयोजना गरिएको हो ।
प्रमुख जवाफदेही बक्ता गाउपालिका अध्यक्ष मोहन बहादुर केसी, उपाध्यक्ष पार्वति सिंह संज्याल वडा अध्यक्ष बसन्त बुढा, वैकुण्ठ गिरी, वडा नं ३ का अध्यक्ष रंगलाल देबकोटा , ४ का अध्यक्ष देवनाथ योगी , ५ का अध्यक्ष रामराज बम , ६ का कार्यबहाक अध्यक्ष दाने सावद ७ का अध्यक्ष जय प्रसाद सिमखाडा ९ नरपति तिरूवा ८ का अध्यक्ष नौलासिह बुढा प्रमुख प्रशासकिय अधिकृत नेत्रबहादुर शाही, लेखा अधिकृत परेक बुढा र सबै साखा प्रमुख वडा सचिवहरूले जवाफ दिएका छन । बिभिन्न शाखा प्रमुखहरु शिक्षा साखा प्रमुख मोहनबिर।धामि, योजना साखा प्रमुख कपिलराज संज्याल रोजगार,साखा संयोजक मोहन सुवेदी , प्रशासन साखा प्रमुख दुर्गा ढूंगाना ,सुचना अधिकारी राम प्रसाद संज्याल कृषिसाखा नारायण लम्साल पसु साखा धर्मराज सुनार स को उक्त सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रममा सहभागिता रहेको थियो ।
वडा सचिवहरू वडा नं ८ का सचिव बन्दना केसी , वडा नं ९ का सचिव प्रकास केसी , वडा नं ७ का सचिव प्रेम केसी वडा नं १ सचिव चक्र खनाल, वडा नं २ सचिव लालसरा सिह बुढा , वडा नं ३ सचिव हेमराज देबकोटा ,वडा नं ४ सचिव तेज ब शाही , वडा नं ५ सचिव ध्वज ब बम , वडा नं ६ सचिव प्रेम सार्की ले बार्षिकरूपमा आय बर्ष २०७९र८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिय । सबेै वडाका स्थानीयबासिले आफ्ना प्रश्न जिज्ञासा, गुनासो राखेका थिए ।

सहभागिहरुले राखेका गुनासोमा उपभोक्ता समिति गठन, भुक्तानि प्रक्रिया, नागरिकको अधिकार, दलिय स्वार्थ, सडक, बिद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, बेरोजगार, कृर्षि उत्पादनमा वडा सरकार तथा पालिका सरकारले पारदर्शिताका साथ पुरा गर्नु पर्ने नागरिकले माग गरेका छन् । पहिलो बर्ष सरकारका प्रतिनिधिहरुले सिकाइका रुपमा लिएको बताउदै आगामी बर्षमा ध्यान पुर्याएर जाने साझा प्रतिबद्धता गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख जवाफदेही बक्ता मोहन बहादुर केसीले नागरिकका जनचासोका बिषय तथा जनताका दुख कष्ट पिडाहरुमा घरको सरकार आँगनको सरकार चुल्लोको सरकारले पुरा गर्दै जाने प्रतिबद्धता गरेका छन् ।

सान्नित्रिवेणी गाउपालिका अन्तरगत वडानं. १ देखि ९ सम्ममा रहेका अपुरा योजना पुरा गने,आगामी बर्षका योजना छनोटमा सहभागितामुलक बनाउनु बताउनु भयो । कार्यक्रमका बिशेष जवाफदेही बक्ता तथा पालिका उपाध्यक्ष पार्वती सिंह संज्यालले लक्षित बर्गलाई मध्य नजर गर्दै पालिकाबाट छुट्याइएको बजेट कार्यन्वयन र विनियोजनको प्रक्रियामा आफु निरन्तर लागि परेको बताउनु भयो । बृद्धभत्ता एकल महिला तथा बालपोषण रकमलाई अझै समयमा जनताको घरमा पुर्याउनका लागि आफुहरु लागि परेको स्पष्ट पार्नु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्रबहादुर शाहीले पालिकाको तर्फबाट नागरीक मैत्रि सेवा प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो

यसैगरी लेखा अधिकृत परेक बहादुर बुढाले भुक्तानिको प्रक्रियामा आफु झन्झटिलो नहुने निति नियम र कानुनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा वडाअध्यक्षहरूले आफुहरुबाट भएको गल्ति कमजोरी सच्चाउदै आगामी दिनमा नदोर्याउने प्रतिबद्धता गर्दै जनताको आधारभुत आबस्यक्ता अनुसार गर्ने योजना छनोट गरी कार्यन्वयन गर्ने र वडा बाट प्रवाह हुने सेवाहरुलाई नियमित्तता गर्ने सामुहिक प्रतिबद्धता गरेकाछन । उक्त सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रमकोे सहजिकरण रेडियो नयाँ कर्णालीका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कि, रेडियो सान्नि त्रिवेणीका स्टेशन म्यानेजर रुकुम योगीले गरेका थिए ।
गाउपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइमा नागरिकले गुनासो यसरी गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !