जिल्लाकाे पचालझरना गाउँपालिकाले आगामि बर्षको नीति कार्यक्रम सार्वजनिक गरेको छ। गाउपालिका केन्द्र पडेक्षामा आयोजित एक कार्यक्रममा अध्यक्ष देबराज शाही अग्निले नीति कार्यक्रम प्स गर्नु भयो भने उपाध्यक्ष तथा बजेट निर्माण समितिका अध्यक्ष अल्किना बमले बजेट पेस गर्नु भयो । नितिकार्यक्रममा एक ब्यक्ति एक बैक खाता सन्चालनमा ल्याउने नीति लिएको छ। गाउँपालिका अध्यक्ष देवराज शाहीले ११ ओै गाउँ सभामा आर्थिक बर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम सावर्जनिक गदै पालिका भित्र आर्थिक पारर्दसिताका लागि प्रति ब्यक्तीकाे बैक खाता खाेलेर खाता मार्फत भुक्तानी गर्ने नीति लियकाे हाे । अध्यक्ष शाहीले पालिका भित्रकाे जाेखिम न्युनिकरण गर्न डाेजर लगायर सडक बिस्तार गर्ने परिपाटीलाई निरूत्साहित गर्ने नीति लिएकाे बताउनुभयाे । संघियताको मर्मपूरा गर्न गाउपालिका बाट प्रवाह हुने सेवाहरू एकीकृत धुम्ति शिबिर मार्फत हरेक महिना हरेक वडावाट प्रवाह हुने नीति लिएको छ । नयाँ नितिमा पालिकाले सबै घरमा स्वच्छ पिउने पानी, महिला स्वास्थ्य स्वयम् सेविकालाई प्राेत्साहनकाे ब्यबस्था गर्ने,कृषि क्षेत्रमा पशुपालकलाई प्राेत्साहन गर्न गाउँपालिका अध्यक्ष प्राेत्साहन कार्यक्रम सन्चालन गर्ने, एकल महिलालाई अाय अार्जनमा जाेड्न उपाध्यक्ष आय अार्जन कार्यक्रम सन्चालन गर्ने नीति ल्याएकाे छ । गाउँपालिका अध्यक्ष शाहीले नेपालकै पहिलाे पचालझरनालाई नापि बिभाग मार्फत नापी सुचिकरणका लागि राजपत्रमा प्रकाशित गर्ने बताउनुभयाे । यश भन्दा अगाडि गाउँ पालिकाले प्राबिधिक सहित जिपियस प्रबिधि मार्फत नापजाँच गरेपनि अझै सुचिकरण नभएकाले याे नीति लियकाे हाे । पचालझरना गाउँपालिका पुर्व उपाध्यक्ष तारा न्याैपाने खड्काले पहुच नभयकाले अाफुले गरेकाे प्रयास सफल नभयकाे तर सघ सरकारले एक सय पर्यटन गन्तब्यमा भने परेकाे बताउनुभयाे । उपाध्यक्ष न्याैपानेका अनुसार पचालझरनाकाे लम्वाई ३८१ मिटर रहेकाे छ । नेपालकाे ह्याथुङ झरना भन्दा ठुलाे झरना भयपनि सुचिकरण नहुनु पहुचकाे अभाव रहेकाे गुनासाे गर्नुभयाे । वजेट गाउँपालिकाले अागामि बर्षका लागि ३९ कराेड वजेट ल्याएकाे छ । गाउँपालिका उपाध्यक्ष अलकिना बम सेजुवालले वजेट प्रस्तुत गर्दै अागामी अार्थिक बर्षकाे प्रस्तावित वजेट ३९ कराेड , ८२ लाख ३३ हजार ७ सय ५३ रूपियाँ रहेकाे बताउनुभयाे । उपाध्यक्ष बम सेजुवालले यसै बजेटकाे दायरामा रहेर सुन्दर पचालझरना गाउँपालिकाकाे निर्माण गर्ने अाफुहरूमा चुनाैति रहेकाे सुनाउनुभयाे । उहाँले भाैगाेलिक रूपमा निकै बिकट पालिका भएकाले यसलाई बिकासमा जाेड्न निकै कठिन भएकाे सभा समक्ष राख्नु भयाे । ११ अाै सभामा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, उपाध्यक्ष मिना रावत बिक, गाउँपालिका पुर्व अधयक्ष खड्कराज सेजुवाल, विभिन्न राजनितिक दलका नेता तथा गाउँ सभाका सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।