२१ ओै सताब्दीमा समाजवादी यात्रा नामक बिचारवाट देशलाइ समाजवाद तिर लिने नेतृत्व पनि माओवादी केन्द्र र जनयुद्वको नेतृत्व प्रचण्डले नै गर्ने माओवादी प्रभावशालि नेता एवं पुर्व शामान्य प्रशासन मन्त्री टेक ब बस्नेतले बताउनु भयो ।माओवादी केन्द्रले सुरू गरेको घरघरमा माओवादी जनजनमा माओवादी विशेष रूपान्त्रण अभियानको नेतृत्व गर्दै कालिकोट पुग्नु भएका नेता बस्नेतले प्रेस सेन्टर नेपाल कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले हिजो जनयुद्वको कठिन यात्रावाट देशमा राजतन्त्रात्मक ब्यवस्था ढालेर गणतन्त्रमा ल्याइ पुर्याएको स्मरण गर्दै माओवादी रूपान्त्रण मार्फत देशलाइ समाजवादको यात्रामा अगाडि बढाउने बताउनु भयो ।पत्रकारहरूले माओवादी रूपान्त्रण अभियानका बिषयमा गरेका प्रश्न र जिज्ञासाको जवाफ दिदै बस्नेतले माओवादी केन्द्रको नेतृत्वमा माओवादी रूपान्त्रण अभियान र विशेष महाधिबेसन मार्फत बिचार शस्लेषण गरेर देशलाइ रूपान्त्रण गर्ने योजना रहेको बताउनु भयो । प्रेस सेन्टर कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी नेता तथा कर्णाली प्रदेश संसद दुर्ग ब रावतले माओवादी जनयुद्व सुरू हुदा धेरैले आस नगरे जस्तो अहिले पनि समाजवादी यात्रा सुरू भयो भन्दा बिस्वास गरेका छैनन् अब योजनाले व्यवहार देखाउने छ उहाको भनाइ छ ।अध्यक्ष बिरेन्द्र आचार्यको अध्यक्षयतामा भएको कार्यक्रममा सांसद रावतले घरका पसेर शहर निस्केको ,सामाजिक ,आर्थिक राजनितिक परिवर्तन बोकेको माओवादी ,अरू भन्दा फरक किन रहन सकेन भन्ने प्रश्न तेस्रिएकाले माओवादी रूपान्त्रण अभियान सुरू गरेको बताउनु भयो ।सम्मेलनमा जिल्ला पार्टी संयोजक लक्ष्मि चौलागाइ शैलेन्द्रले ९ गते सम्मपन्न जिल्ला पार्टी बैठकले लिएका निर्णय सार्वजनिक गर्दै पार्टी घरघरमा पुगेर जनताको सुझाव लिने र सुझाव अनुसार रूपान्त्ररित हुने अभियानको योजना रहेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा कान्तिपुरकर्मी पत्रकार तुलाराम पाण्डे, पत्रकार काली ब मल्ल, पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्ट जिल्लामा रहेका रेडियो चंखेलिका स्टेसन म्यानेजर खडानन्द अधिकारी , नेपाली अवाजका स्टेसन म्यानेजर नमराज योगी मालिका एफ एमका स्टेसन म्यानेजर पुस्पराज भटराइ , प्रदेश आवाजका प्रेरणा बिक अनलाइन न्युज खबरका बिस्वनाथ सिमखाडा, पत्रकार मान ब बिस्वकर्मा ,डिल्लि चौलागाइ , रमेश सोनि ललित बिष्ट लगाएतले प्रश्न गरेका थिय ।उनिहरूले माओवादी रूपान्त्रण हुन पर्ने बताएका छन ।