रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

दलित महिला संघ फेडो नेपालद्वारा अधिकारकर्मीहरूको काठमाण्डौमा सम्मेलन आयोजना

फेडोनेपालको आयोजनामा सुरू भएको त्रिदेसीय क्षेत्रिय सम्मेलन ललितपुरको पुलचोक स्थित स्क्वाएर होटेलमा सुरू भएको छ । युरोपियन युनियको सहयोगमा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीसंग नेपालमा महिला, बालवालिका र सिमान्तकृत ,तथा पछाडी पारिएका समुदायको सिभिक स्पेश अर्थाथ नागरिकको स्थानका सवालमा काम गरिरहेको दलित महिलासंघ नेपालको आयोजनामा तीन देशका मानवअधिकारका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सामाजिक अभियान्ताहरूको काठमाण्डौमा सम्मेलन सुरू भएको छ । तीन देशका मानव अधिकार कर्मीहरूको काठमाण्डौमा सुरू भएको भेलाले ती देशका मानवअधिकार , पछाडी पारीएका जाति जनजाति र महिला बालवालिकाको अधिकारका सवालमा मुद्वाहरूको बिषयमा छलफल गर्ने छ । दलित महिलासंघ फेडो नेपालले काठमाण्डौमा बंगलादेश ,थाइल्याण्ड र नेपालका मानवअधिकारका क्षेत्रमा कृयाशिल पत्रकार तथा नागरिकसमाजका अगुवाहरूको भेला आयोजना गरेको हो । तीन दिन सम्म काठमाण्डौ स्थित ललितपुरको होटेल स्क्वाएरमा भेला आयोजना गरेको छ ।
फेडो नेपालका केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा र संघिय संसद उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यथामा, सम्पन्न सम्मेलनमा नेपालका लागि विभिन्न अन्तराष्ट्रिय संघसंस्थाका प्रतिनिधि सहभागी रहेका छन । प्लान इन्टरनेशनलका कन्ट्रि डाइरेक् राम किसनले नेपालमा बिभिन्न दृष्टीले पछाडी पारिएका समुदायको पहुचबृद्विका लागि गैरसरकारी क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।
प्लान इन्टरनेशनलका गतिबिधिबारे प्लान नेपालका उज्जला श्रेष्ठले सेफगार्डिङ पोलेसीका बारेमा जानकारी दिनु भयो । परियोजनाले बालबालिका,दलित महिला र युवामा नेतृत्व बिकासमा केन्द्रित गरेको बताउनु भयो ।
हाम्रो आवाज हाम्रो रोजाइ नारा दिएको फेडो नेपालले प्लान इन्टरनेशनलको सहयोगमा संघियता पछी प्राप्त अधिकारहरूको स्थानियतहमा कार्यन्वयनको अबवस्थाका बारेमा सहजीकरण गर्दै कार्यान्वयनमा वकालत गरिरहेको छ । प्रस्तुतिकरण गर्दै थाइल्याण्ड नागरिक वाङ ,बंगला देश सेहेनावाज र नेपालका तर्फवाट कबिता चापागाइले आफ्नो आफ्नो देशको अबस्थाका बारेमा जानकारी दिनु हुँदै सामाजिक न्यायको बिकल्प बिना देश अघि बढ्न नसक्ने बताउनु भयो । युरोपियन युनियनको सहयोगमा बंगलादेशमा डिजिटल अनलाइन र डिजिटल
भिभेदिकरणमा काम गरीरहेको छ भने थाइल्याण्डमा लैगिक शसक्तिकरणमा काम गरिरहेको छ। त्यस्तै नेपालमा लैंगिक शसक्तिकरण र,समाबेसीता सहित नेतृत्व बिकासमा काम गरिरहेको छ ।
युरोपियन युनियनका डाक्टर मार्को गेम्मरले नेपाल , थाइल्याण्ड र बंगलादेशको भुराजनेैतिक अवस्थाका बारेमा जानकारी दिनु भयो ।
एनजिओ फेड्रेसन नेपालका अध्यक्ष रामप्रसाद सुबेदी : नेपालको संम्बिधानले संघसंस्था खोल्ने अधिकार छ तर ओैपचारीक संघस्थाहरूले को कस प्रति उत्ततरदायी छौ ।सिभिलसोसाइटीका हकमा आज अधिकार भएन । बिचार बिमर्श हुन सकेन ।एकिकृत सामाजिक बिकास ऐन ओझेलमा परेको उहाको भनाइ छ ।
संघिय संसदका उपसभामुख इन्दीरा राना मगरले नेपालको सामाजिक रूपान्त्रणको आन्दोलनमा गैरसरकारी क्षेत्र र दातृनिकायको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । दलित महिला संघ फेडो नेपालले आयोजना गरेको सामाजिक रूपान्त्रणका मुद्वाहरूमा केन्द्रित रहेर काम गरिरहेका समूह ,संस्थाका प्रतिनिधिहरूको क्षेत्रिय सम्मेलनमा बोल्दै उपसभामुख मगरले यस्तो बताउनु भयो ।
कार्यक्रममा दलित आयोगका सदस्य मिना देबि सोवले नेपालमा पछाडि पारिएका क्षेत्र जातिजनजाति र बर्गको सामाजिक न्याएको लागि गैरसरकारी क्षेत्रले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनु भयो ।त्यस्तै रास्ट्रिय युवा महासंघ सुरेन्द्र बस्नेत ,थारू आयोगका सदस्य बिष्णु चौधरी मधेशी आयोगका अध्यक्ष ,बिजय कुमार दत्त ,राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलि लगाएतले कार्यक्रममा भनाइ राख्दै फेडोनेपालले नेपालमा राज्यको हरेक निकायमा सहज पहुच नरहेका बर्गको लागी सामाजिक जागरण ल्याएको बताउनु भयो ।
सम्मेलनमा पहिलो दिन युवासंसद सन्तोस परियार ,लेखक अर्चना आचार्य, सामाजिक अभियान्ता केदार खड्का
एल.जि. बिटी . क्यु . आइका भुमिका क्षेष्ठलाई राखेर समूह डिस्कशन चलाइएको थियो । सहजीकरण नरेन्द्र खतिवडाले गर्नु भएको फेडो नेपालका साबित्रा बिकले बताउनु भयो ।
सम्मेलनमा कालिकोटवाट फेडोकालिकोट अध्यक्ष हजा सुनार , रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्की , पत्रकार तथा मानवअधिकार कार्यसमुहका सदस्य डिल्लि चौलागाइ मानवअधिकार कार्यसमुहका प्रतिनिधिहरू पखराज टमट्टा , फेडो नेपाल कालिकोटका फिल्ड सुपरभाइजर नन्दरा सुनार ,पत्रकार सुरशानाथ पुरी , मनपुरा बिक , मनिसा कुमारी सहकारी सहभागीरहेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !