रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

एमाले प्रदेश अधिवेशनमा मतगणना सकियो , गुलावजंग शाहको जित

सुर्खेत / एमाले कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीको मतगणना सकिएको छ । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिबेशनमा जम्मा ६०४ मत सदर भएको छ भने बाकी 9 मत बदर भएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार अध्यक्षमा सल्यानका गुलाब जंग शाहले ३६९ मत प्राप्त गरि बिजयी भएका छन । उनका प्रत्याशि मीन बहादुर शाहिले २०७ मत प्राप्त गरेका हुन ।
त्यस्तै अर्का अध्यक्षका उम्मेद्वार प्रकाश रोकाय ले – ४ प्राप्त गरेको खबर छ। उपाध्यक्षमा टेकराज पछाइ – ३४६ मतका साथ बिजयी भएका छन । त्यस्तै लाल ब महताराले १७६ र दानसिङ परियारले ५९ मत ल्याईका छन
सचीवमा- धुर्ब कुमार शाहि (सुर्खेत) – ४०६ बिजयी भएका छन । त्यस्तै रुद्र शाहि ले १६९ ,उप-सचिब रबिन्द्र शर्मा (दैलेख) ले २९९ बिजयीभएका छन । त्यस्तै उपसचिवमा रमेश कुमार शाही (कालिकोट) – २६६ मतका साथ बिजयी हुनु भएको छ ।त्यस्तै पद्मा खड्का – १५२, मेनुका पछाइ – ९६ मत ल्याएको छन । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार सम्पन्न मतदानको मतगणना सुरू भएको छ ।
कुल ६१६ मतदातामध्ये ६०९ मतदाताले मतदान गरेकोमा अधिवेशनको मतगणनाको परिणाम अनुसार अध्यक्ष पदमा तीन जना मध्य गुलावजंङ शाहाले सुरूवाति अग्रताझै ३ सयमतगणना हुदा पनि अग्रता कायमै राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !