रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

नेकपा एमाले कर्णाली प्रदेशको मतगणना भइरहेको सुर्खेतस्थित सिटी हलमा बिवाद हुदा तोडफो, तोडफोडको चौतर्फी बिरोध

नेकपा एमाले कर्णाली प्रदेशको मतगणना भइरहेको सुर्खेतस्थित सिटी हलमामा बिवाद हुदा तोडफोड भएको छ ।एमाले समर्थक विद्यार्थीको एक समुहले तोडफोड गरेका छन्। तोडफोडपछि हलका सिसा फुटेका छन । कर्णाली प्रदेश अधिवेशनको निर्वाचन समितिमा भएको बिवादका कारण सिटी हल तोडफोड गरिएको छ। त्यस्तै मतगणना ढिलासुरू गरेको आरोप लगाएको छ। तोडफोडपछि रोकिएको मत गणनाको काम फेरि सुरु भएको छ भने अहिले मतगणना स्थलमा प्रहरी तैनाथ गरिएको छ ।सुर्खेत स्थित सिटिहल निर्माण गर्ने ब्यवशायीले भुक्तानि नपाएको भन्दै केही समय तालाचावी नियन्त्रणमा लिएर बन्दगरेका ठेकेदारले अघिल्लो महिना माओवादी केन्द्र र समाजवादी मोर्चा हुँदै अहिले एमालेको प्रदेश अधिवेशन गर्ने सहमति भएको थियो ।भुक्तानि नपाउदै र सिटिहल हस्तान्त्रण नहुदै तोडफोड गरेर भौतिक सम्पतिमा क्षेतिपुर्याएको भन्दै एमाले कार्यकर्ताको सामाजिक सन्जालमा चौतर्फी बिरोध भैरहेको छ ।
एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो।
कुल ६१६ मतदातामध्ये ६०९ मतदाताले मतदान गरेको अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका छन्।
कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन्। उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ।
मत गणनाको सुरूवाति अग्रता एमालल कडेल निकट मानिएका गुलावजंङशाहाले अग्रता लिएका छन । अध्यक्ष गुलाब जंग शाह १२१ मिनबहादुर शाही ६५ उपाध्यक्ष टेकराज पछाइ १०८ लाल बहादुर ५९ ध्रुव शाही १३७ रुद्र शाही ५१ मत प्राप्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !