टिकाराज उपाध्याय / तीन महिने माओवादी विशेष रूपान्त्रण अभियानमा रहेको नेकपा माओवादी केन्द्र कालिकोटले पालिका पालिकामा बैचारीक स्कुलिङ सन्चालन गरीरहेको छ । पचालझरना गाउपालिकामा स्कुलिङ सकेको अभियान जिल्ला इन्चार्ज टेक ब बस्नेतको टोलिले रास्काेट नगरपालिकामा पार्टी कार्यकर्ताको वैचारिक स्तर वृद्धि गर्न स्कूलिङ सुरू गरेको छ । तिन महिने अभियानकोक्रममा रास्काेट नगर कमिटीले आयोजना गरेको आधारभुत मार्क्सवादी दर्शन ,समाज बिज्ञान, पार्टी इतिहासका बारेमा स्कूलीङ संचालन गरिएको छ ।
एक कार्यक्रममा आज अभियान जिल्ला इन्भार्ज तथा पुर्व मन्त्री टेक ब बस्नेतले उद्घघाटन गर्नु भयो ।प्रशिक्षण स्कुलिङमा पार्टीका वडा कमिटि नगर कमिटी गरि क१सय ७१ जना पार्टी कार्यक्रता सहभागी रहेको बताइएको छ । नेकपा (माओवादी केन्द्र) रास्काेट नगर कमिटी अध्यक्ष पदम ब खड्का ( शुवास )का अनुसार वडा कमिटी पदाधिकारी, नगर कमिटि र जिल्ला सदस्य र प्रदेश सदस्यको सहभागिता रहेको बताईएको छ ।
पार्टी स्कूलमा केन्द्रिय सदस्य तथा तीन महिने अभियान काे क्रममा कालिकाेट जिल्ला ईन्चार्ज टेक ब बस्नेत पालिका ईन्चार्ज क धनवीर वली र धर्मराज केसीले पहिलो दिन लेनिनवादी संगठनात्मक सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त, पार्टी संगठन परिचालन र व्यावस्थापनमा सुचना संचारको महत्व, विज्ञानको विकास र माक्सवादको विषयमा प्रशिक्षण दिनु भएको बताईएको छ ।
जनश्रमदान , सार्वजनिक स्थलसरसफाइ, स्कुलिङ , जनभेला , आन्तरीक मिटिङ र हरेक घरघरमा सुझाव संकलन अहिलेको माओवादी विशेष रूपान्त्रण अभियानका मुख्य क्रियाकलाव रहेका छन ।