कालिकाेट : स्वास्थ्य सेवा कार्यालय कालिकाेटले जिल्ला स्थरीय समीक्षा गोष्ठीमा रास्कोट नगरपालिका स्वास्थ्यसाखालाइ सम्मान गरेको छ । आर्थिक बर्ष २०७९/०८० को वार्सीक समीक्षा गोष्ठीमा स्वास्थ्य सुचक सतप्रतिशद पूरा गर्नेमा रास्कोट नगरपालिका देखिएको भन्दै सम्मान गरिएको हो । जिल्ला स्तरीय बार्षिक समीक्षा कार्यक्रम समापनकाक्रममा स्वास्थ्यसाखा रास्कोटका प्रमुख हंशराज बराललाइ प्रमाणपत्र हस्तान्त्रण गर्दै सम्मान गरेकाे छ । आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूकाे समीक्षामा रास्कोटले उत्कृष्टता कायम गरेको हो ।अघिल्लो बर्ष खाडाचक्र नगरपालिका रहेको थियो ।
रास्कोटले मेयर हेल्थकेयर कार्यक्रम मार्फत हरेक महिना हरेक वडामा चिकित्सकिय सेवा प्रदान , नागरीकसम्म स्वास्थ्यसेवा पहुचमा पुर्याएको , विभिन्न प्रकोप नियन्त्रण पोषण सुधार , सुत्केरी आमा र बच्चाको सुरक्षा , रिपोटीङमा पारदर्सिता र जवाफदेहितामा उत्कृष्टता कायम गरेको हो । स्वास्थ्यसेवा कार्यलय कालिकोटका प्रमुख स्वास्थ्यसेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बिभिन्न ४८ वटा सुचकका आधारमा छनोट समितिको मुल्यांकन अनुसार पुरस्कृत गरिएको बताउनु भयो ।
गएको बर्ष उत्त्कृष्ष्ट कार्यसम्पादन गर्नेमा खाडाचक्र नगरका स्वास्थ्यसाखा प्रमुख रबिन्द्र सेजुवाल र पलाता गाउपालिका साखा प्रमख धनप्रसाद न्यौपाने जिल्ला अस्पतालका डाक्टर रोहित गुरूङ , असिस्टेन आनन्द पनेरू , सि अनमी निरिक्षक दुर्गा शाही ,कार्यालय सहयोगि भोज ब खत्रिलाई पनि सम्मान गरेको छ
१३ र १४ गते सदरमुकाममा आयोजित बार्षीक समीक्षा गोष्ठीमा यसरी सम्मान गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटको आब २०७९/०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा ५ बुदे सामुहिक प्रतिबद्धता गर्दै भब्य, सभ्य र सफलता पुर्बक आज सम्पन्न भएको , जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो । समिक्षा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट महत्त्वपूर्ण भुमिका खेल्नु हुने जिल्ला समन्वय समितिका उप प्रमुख मिना रावत बिक , प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी , अस्पताल बिकास समितिका अध्यक्ष गोगन बहादुर मल्ल, सामाजिक बिकास मन्त्रालयका तथ्यांक अधिकृत लक्ष्मण कडेल ,जस्वाअ अमृता ज्ञवाली ,स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत टिकाराम जैसि , जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू ,जिल्ला आयुर्वेद ,सामाजिक बिकास कार्यालय ,स्वास्थ्य बिमा बोर्डका प्रमुखहरू ,स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू ,समिक्षा सफल पार्न अहोरात्र खटिनु हुने स्वास्थ्य सेवा कार्यालय र कालीकोट अस्पतालका शाखा प्रमुखहरुलाई धन्यवाद दिनु भयो
कार्यक्रम फोकल पर्सन लगायत कर्मचारी ,बिकास साझेदार संस्था MDI Nepal,INF Nepal,One Heart worldwide , NSI,VDSEF Nepal,KIDS,Karnali Plus, SOSEC Nepal का प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आ.ब.२०७९/०८० मा उत्कृष्ट स्थान हासिल गर्न सफल रास्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हङ्सराज बराल,उत्कृष्ट स्वास्थ्य शाखा प्रमुखहरू रबिन्द्र सेजुवाल (खाडाचक्र नपा)र धन प्रसाद न्यौपाने(पलाता गापा) ,स्वास्थ्य सेवा कार्यालय कालीकोटका बर्ष उत्कृष्ट सम्मानित कर्मचारीहरु डा. रोहित गुरुङ ,सिअनमि निरीक्षक दुर्गा कुमारी शाही ,एनेस्थेसिया सहायक आनन्द पनेरु,का.स. भोज बहादुर खत्री र महत्त्वपूर्ण सहयोग गर्नु भई सम्मानित हुनुहुने सबै बिकास साझेदार संस्थाहरुलाई अधिकृत महतले हार्दिक बधाई दिनु भयो ।