सुर्खेत / समाजवादी मोर्चा लाई स्थानीय स्तरसम्म गठन गरी लागु गर्ने नीति लिएको कम्युनिष्ट घटक दलहरूको साझा मोर्चा समाजवादी मोर्चाको बिहिबार कालिकोटमा बैठक सम्पन्न भएको छ । बिहिबार कालिकोट सदरमुकाम स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा बसेको बैठकले समाजवादी मोर्चाको कार्यदिसाका बिषयमा छलफल गरेको छ । कालिकोट जिल्ला स्थित समाजवादी मोर्चामा आबद्व दलहरूको बैठक नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक लक्ष्मी प्रसाद चाैलागाई(शैलेन्द्र) को अध्यक्षतामा बसेको हो । बैठकमा विभिन्न निर्णय गरिएको बैठकका अध्यक्ष माओवादी केन्द्रका कालिकोट संयोजक लक्ष्मी प्रसाद चौलागाइले बताउनु भयो । नेकपा माओवादी केन्द्रका तर्फ बाट लक्ष्मी प्रसाद चौलागाईं संयोजक नेकपा (माओवादी केन्द्र) कालिकोट ,गोगन बहादुर मल्ल (युनाइटेड) र एकीकृत समाजवादीका उपत्यका बिशेष प्रदेश सह सचिव चित्र सिंह गाउले उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी) कालिकोट ,धिर बहादुर बिष्ट प्रदेश कमिटी सदस्य नेकपा (एकीकृत समाजवादी) साहसी सि. सेक्रेटरी नेकपा कालिकोट, रमेश सि. सेक्रेटरी नेकपा कालिकोट माधव प्रसाद उपाध्याय अध्यक्ष जसपा कालिकोटको उपस्थिती रहेको थियो । बैठकको सुरूवातिमै सहिदहरु प्रति श्रद्धाञ्जली गरि जिल्ला स्तरीय समाजवादी मोर्चा गठन गरी घोषणा गर्नेमा छलफलमा केन्द्रित भएको थियो ।
समाजवादी मोर्चा नेपालको यही असोज १४ गते सम्पन्न प्रदेश स्तरीय बैठकको सर्कुलरलाई आधार मानि जिल्लामा यही असोज २४ गतेका दिन नरहरिनाथ गाउँपालिकाको कोटबाडा सुनथराली विमानस्थलमा जिल्ला स्तरीय समाजवादी मोर्चा घोषणा गर्ने निचोडमा पुगेको छ ।
बैठकले कालिकोट जिल्ला स्तरीय मोर्चाको अवधारणा पत्र मोर्चा घोषणा को दिन सार्वजनिक गर्ने गरि क. चित्र सिंह गाउले संयोजक रहने गरि माधव प्र. उपाध्याय क. गोगन बहादुर मल्ल, क. साहसी सि सदस्य रहने गरि अवधारणा पत्र तयारी समिति गठन गरेको छ ।
यस अघि समाजवादी मोर्चामा आबद्व दलहरूले प्रदेश भेला गरी समाजवादी मोर्चा घोषणा गरिसकेको छ ।