कालिकोट ~ रास्काेट नगरपालिकामा बिजाया दशै, तिहार तथा छट पर्व शुभकामना आदन प्रदान कार्यक्रमका सम्पन्न भएकाे छ। पछिल्लो समय देशका विभिन्न ठाउँमा जातिय सदभाव र धर्मको नाममा सदभाव भड्किदै गइरहेको भन्दै बिजया दशमी तथा तिहार पर्वले नेपाल नेपाली बिचको सदभावना र भाइचारको सम्वन्ध एक हुनु पर्ने सन्देश दिन शुभकामना कार्यक्रम गरियकाे हाे।
रास्काेट नगरपालिकाले सोमवार आयोजना गरिएको बडादशै तथा तिहारको शुभकामना आदान पर्दान कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो शुभकामना दिएका थिए । पछिल्लो समय नेपालमा जातिय सदभाव कमजोर भएको छ । यसमा सत्यको जितका रुपमा लिएको देवीले विभिन्न जात जाति र धर्ममा रहेका नेपालीलाई एउटै मालामा राखेर सामाजिक सदभाव बढाउन शुभकामना दिए । बडा दशैले नेपालीहरुको मनमा हासो र दुखलाई पार लगाउदै नेपालको स्थायी विकास र सम्वृद्ध ल्याउने पनी बिश्वास व्यक्त गराेस भन्ने भनाइ राखेका छन।
रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहि ( पाेषण)को सभाअध्यक्षता, अर्थिति नगर उपप्रमुख मनिराज बराल , नेकपा एमाले जिल्ला कमिटी उपाअध्यक्ष दयाराम सिम्खाडा , एकृकित समाजबादिका प्रदेश ख , का उपाध्यक्ष सनेश शाहि लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधि सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थितीमा कार्यक्रम संचालन गरिएको थियो ।
दशै तथा तिहारलाई भड्किलो नबनाई शान्त तथा हर्षउल्लासका साथमा मनाउन हुन नगर प्रमुख धर्मराज शाहि (पाेषण)ले आग्रह गरे । दशै तिहारलाई भेघाट तथा तिथामिठा कुराहरुको समीक्षा गर्ने र रचनात्मक क्रियाकलापको योजना बनाउने पर्वका रुपमा लिनु पर्ने शाहिकाे उक्त कार्यक्रम मा भनाई राख्नु भएकाे याे ।