रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रेस संगठन कालिकोट र प्रकाशन बिभागको बैठक सम्पन्न,

माओवादीकेन्द्रले थालेको घरघरमा माओवादी जनजनमा माओवादी माओवादी विशेष रूपान्त्रण ४ महिने अभियान अन्तरगत प्रेस सेन्टर कालिकोटको समिक्षात्मक बैठक सम्पन्न भएको छ । प्रेस सेन्टरका पालिका अध्यक्ष र जिल्लामा उपलब्ध पदाधिकारी संगठनका केन्द्रीय सदस्यहरूका साथै आबद्व मिडियाका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य तथा अभियान जिल्ला इन्चार्ज टेक ब बस्नेतको प्रमुख आतिथ्यथामा र पार्टी प्रदेश सचिव धनजित शाही, जिल्ला संयोजक लक्ष्मि चौलागाइ ( शैलेन्द्रको विशेष आतिथ्यथामा र कालिकोट पार्टी प्रचारबिभाग प्रमुख रूपेन्द्र ऐडीको उपस्तिथिमा प्रेस सेन्टर कालिकोटको बैठक बसेको हो ।प्रेस सेन्टर कालिकोटका उपाध्यक्ष पेरणा बिस्वकर्माको अध्यक्षयतामा बैठक बसेेको हो । बैठकमा संगठनको गतिबिधि र संगठनको भुमिका बिषयमा छलफल भएको छ । बैठकमा तिलागुफा नगरका संगठन अध्यक्ष सैलेन्द्र राना , पचालझरना गापा अध्यक्ष केसब शाही , महावै प्रेससेन्टर अध्यक्ष सत्य रोकाया र रास्कोट प्रेस सेन्टरका प्रतिनिधि कमल कुमाल जिल्ला उपाध्यक्ष प्रेणा बिश्वकर्काले संगठनको समिक्षात्मक भनाइ राख्दै अभियान सफल भएको र प्रचार प्रशारमा कुनै कमि हुन नदिएको बताएका छन । संगठनमा आबद्व पालिका कमिटिहरू निस्कृय रहेको बताएका छन । संगठनको अन्तरसंघर्ष र अभियानका बगत खेलेको भुमिका बारे संगठनका नेता रत्न कार्की र प्रचारबिभाग प्रमुख रूपेन्द्र ऐडीले समीक्षा मुलक भनाइ राख्नु भएको थियो । रिपोटटिङ पछि बैठकका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य टेक ब बस्नेतले संगठनमा ४ महिना सम्म प्रत्यक ब्यक्ति र संगठनको भुमिका सहबिस्तार जानकार भएको र त्यस बारे छलफल गरिने बताउनु भयो । बैठबमा पार्टी जिल्ला अध्यक्ष लक्ष्मि चौलागाइ शैलेन्द्रले पार्टी आस्था र संगठन एका तर्फ अर्को तर्फ गतिबिधि र हर्कत गर्नेको राजनितिकमा भबिश्य नहुने बताउनु भयो । सेन्टरको बैठकमा पार्टी कर्णाली प्रदेशसचिव धनजित शाहीले प्रेस सेन्टरलाइ एक बनाउनु पर्ने बताउनु भयो ।
बैठकले पार्टी अभियानको क्रममा प्रेस सेन्टर र आबद्व मिडियाको भुमिका बारे व्यापक छलफल भएको छ ।छलफलपछि संगठनका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज टेक ब बस्नेत , जिल्ला संयोजक लक्ष्मि चौलागाइ प्रदेश सचिव धनजित शाही र रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले भनाइ राख्नु भयो ।
बैठकले अभियानको समीक्षा सहित आगामि फागुन सम्म सबै पालिकाका भेला गर्ने र संगठनलाइ पार्टीसंगको सहकार्यमा थप एकताबद्व र मजबुद बनाउदै जाने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !