रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कालिकोटमा हुम्ला जुम्ला कालिकोट सडक डिभिजन कार्यालयका प्रमुखद्वारा कालिकोटका भएको सडक डिभिजनको लगानिबारे छलफल

दिगो बिकासका लागि नागरिक सहभागिता जरूरी पर्ने गर्छ तर संघियता पछि कर्णालिमा केही कार्यालयहरू साबिककै हैसियतमा रहेका छन । आयोजनाजन्य कार्यालय ,सडक डिभिजन , शहरी बिकास , भवनडिभिजन लगाएतका केही आयोजनाहरू साबिक अन्चलसदरमुकामकै हैसियतामा रहेका छन । के नागरिक के पत्रकार के सञ्चारकर्मी स्थानियतहद्वारा गठित उपभोक्ता र सानातिना कामकार्वाहिमा खबदारी गर्न दर्जनौ निकाय रहेका छन । यस्ता ठुला हेभि निकायका ठुला बजेटमा न जानकारी छ न खवदारी छ । यसमा ठूलो दुरूउपयोग समेत हुने गरेको कालिकोटका पत्रकारहरूले बताएका छन । कालिकोट सदरमुकाम पुगेका हुम्ला जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दिपेन्द्र बहादुर बिष्टले पत्रकारसंग साक्षत्कार गर्दै सडकडिभिजन कार्यालयका बिकास आयोजनामा नजर लगाउन र दुब्लिकेषन अपारदर्सिता र अनियमिता रोक्न सहयोग गर्न आग्रह गर्नु भयो । डि बिस्ट संग पत्रकारहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रशासनबाट मात्रै भए पनि डिभिजन कार्यालयद्वारा बिनियोजित योजनाका बिषयमा अनुगमन निरक्षण गराउनु पर्ने सुझाव दिएका छन ।
पाइला पिच्छे मिटर वाइज बजेट बिनियोजन हुन्छ तर सदुपयोग नहुने कामदारफम कालोसुचिमा परेको या ठेक्का रद्व भएको राम्रो काम भए नभएको जानकारी कहिलेई नभएको पत्रकारहरूले जानकारी गराएका छन ।
कालिकोटको नरहरिनाथ लालुमा जन्मेका सडक डिभिजन कार्यालयका डि दिपेन्द्र बहादुर बिष्ट गृह जिल्लामा पुगेर जिल्लाका सञ्चारकर्मिसंग भेटघाट गरेका हुन ।
दिपेन्द्र बहादुर बिष्टले मुगु जुम्ला र कालिकोटमा कार्यक्षेत्र रहेको भन्दै यस अघि जिल्लामा साक्षत्कार समेत नगरिएकोमा मुगुमा पुगेर निर्माण ब्यवसायि र पत्रकार र गृह प्रशासन संग छलफल गरेको बताउनु भयो । त्यहा भएका ठेक्का सबैका बारेमा जानकारी गरेको र कालिकोटमाजानकारी गराउन आएको बताउनु भयो । बर्सातमा प्रहरी र सेना परिचालन गरेर पैसा सडक डिभिजनकै हो १९ दिनमा पहिरो कालिकोट देखि जुम्ला मुगु पुर्याएको स्मरण गर्दै ८० करोड सडक पुनरस्थापनामा प्राप्त भएको थियो ।
चैत १७ गते हाजिरी भएको हो बताउदै दैखोला देखि हुल्म बजार हुँदै जुम्लासम्म ८ वटा प्याकेजमा ठेक्का भयो । बर्सातले भत्केके सडकको स्तरउन्नोति गरेको सडकमा ग्राइभिल गर्नमात्र १० करोड बजेट चाहिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !