रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

मेयर हेल्थकेयर कार्यक्रम अन्तर्गत ११८ जना सेवाग्राहिले लिए सेवा

कमल कुमाल कालिकोट
भरोसा,होस,नगर,माथि गाउँ घरमा स्वास्थकर्मि साथि भन्ने मुलनाराका साथ मेयर हेल्थकेयर कार्यक्रम अन्तर्गत नगरपालिकामा नियमित महिनाको एकपटक गर्ने मेयर हेल्थ केयर कार्यक्रम अन्तरर्गत आज वडा न ४ मा सम्पन्न भएको छ । नगरपालिका भित्रका गर्भवती महिलाहरु,जेष्ठ नागरिक र दमका बिरामिहरुको लागि सुगर,प्रेसर,जस्ता सेवाहरु नगरपालिकाले घरदैलामै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

रास्कोट सरकारले घर घरमा एकिकृत सेवा दिने नीति तथा कार्यक्रम संचालन गरे सँगै आज वडा न ४ का जेष्ठ नागरिक अपांगता भएका व्याक्ति गर्भवती महिला तथा वालवालिका लगायतका जम्मा सेवाग्राहीले सेवा लिएका छन् । महिला ७१ षुरूस ४७ जना गरि जम्मा ११८ जना लाभग्राहिहरुले, सेवा लिएको पत्रकार टिकाराज उपाध्यायले जानकारी दिनुभएको छ।
। उक्त कार्यक्रम मा नगर उप प्रमुख मनिराज बराल , वडा न ४ वडा अध्यक्ष दिनेश संज्याल , डा.सेयरमान गरूङ, नगर प्रहरी हल्दार धन ब शाही , नगर प्रमुखको सचिवालय गौरि परियार लगाएत को उपस्थित मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !