कमल कुमाल कालिकोट
नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि स्थानिय तहले विभिन्न ऐन निति नियम बनाउन थालेका छन । संघिय सरकार सँग नवाझिने गरि ऐन निति नियम बनाउने अधिकार स्थानिय तहलाई सुम्पीएको छ । त्यहि अधिकारलाई प्रयोग गर्दै विभिन्न ऐन निति नियम बनाउन स्थानिय तहहरु अग्रसर छन । सान्नी त्रिवेणी गाउँपालिकाले पनि विभिन्न ऐन निति नियम सहित कार्यविधि बनाउन थालेको छ । नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि गाउँपालिकाले गाउँ सभावाट ऐन निति नियम तथा कार्यविधि पास गरेको छ । आज बसेको १३ औँ हिउदे अधिवेसन तथा गाउँ सभाले पनि विभिन्न ऐन निति नियम तथा कार्यविधि बनाएर पास गरेको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो ।
नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि ऐन निति नियम तथा कार्यविधि नभएको हुँदा अहिले सरकारले थुप्रै ऐन निति नियम तथा कार्यविधि बनाएर लागु गरिरहेको शिंहको भनाई छ । ऐन निति नियम तथा कार्यविधि नवनाएर काम गर्दा विभिन्न समस्या आउने भएको हुँदा पालिकाले यो कामलाई पहिलो प्राथमिकता दिएर विभिन्न ऐन निति बनाई गाउँ सभावाट पास गर्ने गरेको शिंहले बताउनु भयो । १३ औँ गाउँ सभाले विभिन्न ऐन निति नियम तथा कार्यविधि बनाएर पास गर्नुका साथै अर्धवार्षिक समिक्षा समेत गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । गाउँसभामा चालु आर्थिक वर्षको ६ महिनामा भएर गरेका कामहरुको प्रगति प्रतिवेदन प्रश्तुत, वजेट खर्चको अवस्था, विभिन्न समस्याहरुको पहिचान गरि समाधानका विषयमा छलफल गरेको अध्यक्ष केसीले बताउनु भयो ।
पालिकाका वहुवर्षिय ठूला योजनाहरु संघ र प्रदेस सरकारमा माग गर्नका लागि ९ वटै वडाका योजनाहरु छनौट गरि गाउँ सभावाट पास गरेको र ति योजनाहरु संघ र प्रदेस सरकारमा माग गर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि थुप्रै नितिगत निर्णय समेत आजको गाउँसभावाट पास गरेको बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको भुगोलमा पर्ने त्रिवेणी पाटनको सिमा विवादका विषयमा , लालु लैफु सडक आयोजनामा साविकको मुम्रा गाविस हालको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ७, ८ र ९ लाई पनि समेटेर लिनु पर्ने विषयमा समेत छलफल भएको केसीले बताउनु भयो । १३ औँ गाउसभाले आज ८ वटा विभिन्न ऐन निति नियम तथा कार्यविधि गाउँ सभावाट पास गरेको छ ।