नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि नेपाल दुरसञ्चार प्राधिकरणले MDMS प्रणाली लागु गरे पछि बर्सौअघि हराएका मोवाइल फोनहरू पनि प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित धनिलाइ बुझाउने गरेको छ ।
केहि महिना यता यो सफ्टवयर प्रयोगमा ल्याएको दुरसञ्चार प्राधिकरणको यो पहलले प्रहरीलाइ यस्ता चोरी भएका वा हराएका मोवाइल फोनहरू पत्ता लगाउन सहज भएको छ । यस अघि हराएका या चोरी भएका मोवाइल फोन सेट पत्ता लगाउन प्रहरीमा उजुरी पर्ने पत्ता लगाउन केन्द्रिय साइवर ब्युरोलाइ लेखि पठाउने र पत्ता लगाउन कठिन हुने गरेको सुनाउदै कालिकोट प्रहरी प्रमुख सुर्य खड्काले यो प्रबिधिले प्रहरीलाइ पत्ता लगाउन सजिलो भएको टप्पणी गर्नु भयो ।
कालिकोटका पत्रकार रत्न कार्कीको हराएको/ चोरी भएको मोवाईल सेट यही प्रबिधिको प्रयोगवाट प्रहरीले बाकेको कोहोलपुरवाट पत्ता लगाइ नियन्त्रणमा लिएको छ। १ बर्ष अघि सुर्खेतवाट कालिकोट आउनेक्रममा हराएको ९८४९३५३४३५ नं को रेडियो प्रदेश आवाजको अफिसियल नं प्रयोग भएको ओपो एफ १९ प्रो हराएको १ बर्ष पछि कालिकोट प्रहरीले नेपालगन्ज बाकेको कोहोलपुरमा बस्ने १ जना संग प्रयोग भएको भेटाएर ल्याएको हो ।
बाके प्रहरीको सहयोगमा कालिकोट पहरीले मोवाइल प्रयोग कर्ताको खोजि गरी मोवाइल नियन्त्रणमा लिएको हो ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू MDMS प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था दुरसञ्चार प्राधिकरणले गरेको छ। नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले यो प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था दुरसञ्चारले गरेएको छ।
रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न ब कार्कीलाइ शनिवार जिल्ला प्रहरी कार्यालयमा , कालिकोट प्रहरीका मुद्वाफाटका प्रहरी सहायक निरक्षक नबिन न्यौपानेर प्रहरी हवलदार झलक गिरीले हस्तान्त्रण गर्नु भयो ।