रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता सरकारको सार्वजनिक सुनुवाइमा उठेको प्रश्न

कालिकोट जिल्लाको पलाता गाउपालिकाले आव २०८०/२०८१ को अर्द्ववार्षीक सार्वजनिक सुनुवाइ आयोजनन गरेको छ । पलाता गाउपालिकाको थिर्पुमा आयोजित सार्वजजिक सुनुवाइमा पलाता गाउपालिकाका सरोकारवालााले ब्यापक प्रश्न गरेका छन ।
गाउपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार क्षेष्ठले गाउपालिकाको प्रगति तथा बित्तिय प्रतिबेदन पेस गर्नु भयो ।
प्रतिबेदन सार्वजनिक पछि सहभागि स्थानियले ब्यापक प्रश्न गरेका हुन । प्रश्नको उत्तर गाउपालिका अध्यक्ष तथा प्रमुख जवाफदेहीबक्ता बिष्णु ब रोकाया , बिषेेस जवाफदेही बक्ता उपाध्यक्ष अलैपुरा हमाल ,प्रमुुख प्रशासकिय अधिकृत सुरेश कुुमार कुमार श्रेष्ठ, प्राबिधिक साखा प्रमुख रमेश बस्नेत, पलाता गाउपालिका पुर्व कार्यकारी प्रमुख कर्मसिह बम र रोजगार साखा प्रमुख जयमल बुढाले दिनु भयो ।
वडा नं १ का अध्यक्ष मन प्रसाद न्यौपाने ,२ का अध्यक्ष भिम प्रसाद न्यौपाने , वडा नं ३ का अध्यक्ष बाचे बिक , वडा नं ४ का अध्यक्ष तिलक बुढा , वडा नं ५ का अध्यक्ष तिलक ब बम , ६ का अध्यक्ष ज्ञान ब ऐडी ,वडा नं ८ का अध्यक्ष गगन बम वडा न ९ का अध्यक्ष मानसिह बमले पनि सम्बन्धित वडाका बिषयमा नागरिकको प्रश्नको जवाफ दिनु भयो ।
सार्वजनिक सुनुवाइमा सामाजिक सुरक्षा भत्ता बितरण हुन नसकेको , पुराना योजनाको भुक्तानि गर्न बाकि रकमले समस्या निम्तिएको र गाउपालिका सेेवाकेन्द्र र सडक तथा भवन निर्माणमा प्रश्न उठाएका छन । पालिकाका बिषयमा ब्यापक गुनासो रहेको छ । पालिकामा बर्तमान भन्दा निबर्तमान सरकारका बेलाका आयोजनाको बारेमा धेरै टिका टिप्पणी उठेको छन । ति सवालमा निबर्तमान पालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत कर्मसिह बमले जवाफ दिनु भयो । पुर्व सरकारले बजबुझारत गर्न बाकिरहेको भुक्तानिगर्न बाकि रहेका तर अफिसियल कागजात श्रेष्ता कुनै पनि नरहेको हुनाले बिगतको भुक्तानि अड्कियको गाउपालिका प्रमुख बिष्णु ब रोकायाले बताउनु भयो । बजेट बिनियोजन ,कार्यसम्पन्न प्रक्रियाका कुनै पनि कागजात नभए पछि भुक्तानि गर्न कठिन भएको गाउपालीका प्रमुख प्रशासकिय अधिकृत सुरेश श्रेष्ठले बताउनु भयो ।
सार्वजनिक सुनुवाइमा पालिका भरी डेढ करोढ बढी बजेट सडक क्षेत्रमा घरटहरा हटाउने भनेर क्षेत्रिपुर्ति बितरण भयो तर जंगा सडकका नाममा आएन, घर पनि कतिपयले नहटाएको घर मालिकले घर बनाए तर सडकको जंग्गा लगत कट्टा समेत भएन नागरिकको गुनासो छ ।
पलाताको थिर्पु हुदै वडा नं ८ र ७ पारौटी बेर्सैनकोट ,सुनावाडा र नाइवाडाका लागी सडक निर्माण गर्न थिर्पु गाउमा रहेका दुई दर्जन घरको मुवाब्जा गाउपालिकाले दिने भनेर बजेट निकासा भयो तर ति बजेट सम्बन्धित घर मालिकले पाए तर जंग्गाको लगत कट्टा नगरी बजेट दिएको पाईएको छ ।
पलाता अस्पताल , कतिपय वडाका भवन पनि निजि कित्ताको जग्गामा निर्मााण भएको भन्दै नागरिककले गुनासो गरेका छन ।
पलाताका नागरिकले सामाजिक सुरक्षा भत्ता समयमा नपाएको बताएका हुन । सार्वजनिक सुनुवाइमा सुधारका ८ वटा प्रतिबद्वता कायम गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको रेडियो प्रदेश आवाजको सहजीकरणमा सम्पन्न भएको हो । यस बर्ष नियम पुर्वक सार्वजनिक सुनुवाइ गर्ने पलाता पहिलो गाउपालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !