रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

विद्यालय भर्ना अभियानमा नागरिक संस्थाको पनि सहकार्य ,

नेपाल सरकारले शैक्षिकसत्र २०८१ का लागी सुरू गरेको भर्ना अभियान सकिन लाग्दा यस बर्ष सामुदायीक बिद्यालयमा भर्ना हुने बिद्यार्थिको संख्यामा बृद्वी भएको बताईएको छ । नेपाल सरकार र शिक्षा सम्बद्व दातृनिकाय र गैरसरकारी संघसंस्थाहरूले यो अभियानमा सहयोग पुर्याएका छन । यसै शिलिशलामा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तरगत “सबै बालबालीकाको विद्यालयमा सहभागीता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता”भन्ने मुल नाराका साथ शैक्षिक शत्र २०८१ को विद्यालय भर्ना अभियान सन्चालन गरेको पाईएको छ ।
यहि बैशाख ९ गते देखि सञ्चालन भएको भर्ना अभियान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला कार्यालय कालीकोट र चुलिमालिका माद्ययामिक विद्यालय घोडेना को संयुक्त आयोजनामा समुदायतहमा सन्चालन गरिएको हो विद्यालयको मातहतको सम्पुर्ण टोल बस्तीमा ब्यानर, प्लेकार्ड र नारा सहीत स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभाबक, विद्यार्थी लगाएत सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको सहभागीतामा भव्य र सभ्यका साथ अन्तरक्रिया कार्यक्रम सहीत भर्ना अभियान सम्पन्न गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याणसंघका जिल्ला कार्यक्रम संयोजक गोरख नेपालीले बताउनु भयो
घर दैलो तथा टोल वस्तीको भ्रमण पश्चात खाँडाचक्र नगरपालीका वडा नं ५ अन्तरगत तेस्रो बाजारमा सम्पुर्ण सरोकारवालाहरुको बिचमा त्यहाका वडा अध्यक्ष देउराम बिश्वकर्माको प्रमुख आतित्थ्यता, चुलिमालिका मा. वि. घोडेनाका प्रधानाध्यापक दिप बहादुर शाहीको बिशिष्ट आतित्थ्यता र सम्पुर्ण शैक्षिक सरोकारवालाहरुको सहभागीतामा भर्ना अभियानको समिक्षा सहीत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले आ—आफ्नो धारणा राखेका छन् । विषेश गरी सामुदायीक विद्यालयमा गरीब, दलित र बिपन्न परीवारका बालबालीकाहरु अध्यन गर्ने भएकोले प्रमुख अतिथि वडाध्यक्ष देउराम बिश्वकर्माले आगामी अर्थिक बर्षमा स्थानिय टोल बस्ती र वडा तह देखी दलित र विपन्न बर्गको शैक्षिक अवस्था सुधारको लागी योजना छनोट तथा प्रथामिकीकरण गरी नगर सभामा पास गर्ने भरोसा दीलाउनु भएको छ भने बिशिष्ट अतिथी प्रधानाध्यापक दिप बहादुर शाहीले दलित बालबालीकाको शैक्षिक अवस्था सुधारको लागी नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ शाखा कालीकोट संग समन्वय, सहकार्य गर्दै अगाडी बढ्ने विश्वास दीलाउनु भएको छ ।
संयुक्त रुपमा सञ्चालन भएको भर्ना अभियानमा अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालीकोटका जिल्ला कार्यक्रम अधिकृत गोरख नेपालीले दलित, विपन्न तथा गरीब परीवारका बालबालीकाहरुको शैक्षिक अवस्था सुधारको लागी स्थानिय सरकार, विद्यालय, अभिभावक, लगाएत सम्पुर्ण शैक्षिक सरोकारवालाको भरपुर साथ, सहयोग र सहकार्य आवश्यक भएकोले सोही अनुसार आशा र अपेक्षा गरेको बताउनु भयो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र विद्यालय परीवार संयुक्त रुपमा भर्ना अभियानका साथ विद्यालय उम्मेरमा बसै बालबालीकालाई विद्यालयमा सहभागी गराऔ अशिक्षा र बेरोजगारी भगाउ भन्ने भावका साथ घर, टोल र बस्तीमा गएर उत्प्रेरण प्रदान गरेकोले सम्पुर्ण अभिभावक र बालबालीका तहमा हौसला र जागरण छायको स्थानीय अभिभाबक अनिल विश्वकर्माले बताउनु भयो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !