रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

स्थानिय तहको विद्यालय शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न।

कालिकाेट जिल्ला रास्काेट नगरपालिकामा शिक्षा ,युवा तथा खेलकुद शाखा रास्काेट काे आयाेजना र युनिसेफ नेपालकाे साझेदारि र रास्काेट नगरपालिका संगकाे समन्वाय तथा समाज जागरण केन्द्र ( स्याक) नेपाल सुर्खेत काे सहजिकरणमा ,स्थानिय तहको विद्यालय शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न। गरियकाे छ।उक्त कार्यक्रमकाे उद्देश्य
स्थानिय तहकाे विद्यालय क्षेत्र सुधार योजना विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रही निर्माण गरिने साधन हो। विद्यालयले आवधिक रूपमा विद्यालय सुधार योजना तयार गरी समग्र व्यवस्थापन एवम् सुधार कार्यहरू सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

स्थानिय तहकाे विद्यालय शिक्षा क्षेत्र योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न विद्यालयलाई स्वःमार्गदर्शन प्रदान गर्ने उद्देश्यले यो “विद्यालय शिक्षा क्षेत्र सुधार योजना निर्माण सम्बन्धि शिक्षा ऐन २०७४ अनुसार ।यसले विद्यालयलाई योजना तर्जुमा, कार्यान्वयन तथा समीक्षा गर्नका लागि आवश्यक नीतिगत प्रावधान, कार्यविधि, सहयोगी साधन तथा योजना तयारीका लागि मार्गदर्शन प्रदान गर्दछ । साथै विद्यालय सुधार गर्ने प्रक्रियामा सहयोग गर्ने एवम् संलग्न हुने व्यक्ति तथा निकायहरूलाई योजना निर्माण, लेखाजोखा र कार्यान्वयन विधिबारे आवश्यक सूचना प्रदान गर्ने समेत छलफल गरियकाे छ।

विद्यालय शिक्षा क्षेत्र योजना निर्माण, लेखाजोखा र कार्यान्वयनका क्रममा सरोकारवालाहरूबाट प्राप्त पृष्ठपोषणका आधारमा विद्यालय क्षेत्र सुधार कार्यक्रम (विस २०६६- ०७२। को अनुभव, विद्यालय क्षेत्र विकास योजना (विस २०७३-०८०) को नीति निर्देश एवम् राज्यको पुनसंरचना अनुरूप स्थानीय तहका शैक्षिक योजना निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने
यस विद्यालय शिक्षा क्षेत्र योजनाको अवधारणा र नीतिगत व्यवस्थासँग परिचित गराउने, विद्यालय सुधार योजना प्रक्रिया सम्बन्धमा मार्गदर्शन प्रदान गर्ने,
स्थानिय तहकाे विद्यालय शिक्षा क्षेत्र योजनाको आवश्यक ढांचा प्रदान गर्ने ।लगाएत काे बिषयमा छलफल तथा बिषय गत समिति समेत गठन गरियकाे । पत्रकार टिकाराज उपाध्याय रास्काेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !