बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित शनिबार ६० ओैं राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्षको राष्ट्रिय बालदिवस शनिबार परेकाले बिदाको दिनमा पनि विद्यालय खोलेर कालिकोटका विद्यालयहरूले बालदिवसमा विविध रचनात्मक कार्यक्रम गरी मनाएका छन्।
बालदिवस मनाउने तरीका ,शैलि भने स्थानिय चलनचल्ति अनुसार आआफ्नै रहेको देखिन्छ । , दिवसका अवसरमा आयोजित कार्यक्रम र प्रयोजक ,आयोजक र स्पोन्सर हुने नागरिकसंघ संस्थाको पनि बिभेद देखिएको र बालवालिकाले बिभेद खेप्नु परेको शैक्षिक सरोकारवालले प्रतिक्रिया दिएका छन । बिगतमा यस्ता दिवस मनाउन सरकारी निकायले ब्यानर ,पेलेकार्ड र आबश्यक रचनात्मक कामका लागी तयारी गर्न समेत सरकार र दातृनिकायहरूले सहयोग गर्ने गर्दथे । यस वर्ष कतिपय बिद्यालयहरूले कार्यक्रम आयोजना गर्न ब्यवस्थापकिय कठिनाइ हुने गरि बिना ब्यानर , पेलेकार्ड दिवस मनाएका छन भने सहर सदरमुकाम र पालिका केन्द्रमा एउटै ब्यानरमा दुइ वा दुइ भन्दा बढी दातृनिकायहरू सहयोगि बनेका छन , यो देखिने बिभेद हो । यसलाइ अब स्वयम लगानि कर्ता दातृनिकाय र शिक्षा सम्बद्व सरोकारवालले ध्यान दिनु पर्ने त्यहाका अबिभावकको भनाइ छ ।
कालिकोटको रास्कोट नगरपालिकामा केन्द्रितकृत रूपमा ६०औँ राष्ट्रिय बाल दिवश शिक्षा युवा तथा खेलकुद शाखा र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिका भित्रका सबै विद्यालयका बालबालिकाको उपस्तिथिमा मनाइएको छ भने सान्नि त्रिवेणीको शंकर मावि , लगाएत विद्यालयले विभिन्न रचनात्मक सन्देश मुलक प्रतियोगिता आयोजना गरी दिवश मनाएका छन्। जिल्लाभर बालदिवश शनिबार परेको भन्दै अधिकांश विद्यालयले शुक्रबार नै कार्यक्रम गरेका थिए तर शंकर माविले शनिबार पनि विद्यालय खुला राखेर दिनैभरी बालविवाह , बालअधिकार र बालश्रम जस्ता बालबालिका माथि हुने दुर्ब्यवहार बारे चेतना जगाउने प्रतियोगिता गरेर दिवस मनाएको प्रधानाध्यापक मिना कार्कीले बताउनुभयाे । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गङ्ग सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा भाग लिने विद्यार्थीलाई सम्मान गर्दै पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा अन्तर सदनात्म देउडा प्रतियाेगिता र वक्तृत्वकला प्रतियाेगिता संचालन गरिएकाे थियाे । पुरस्कार बितरण पछि कार्यक्रममा बोल्दै प्रधानध्यापक मिना कार्कीले यस्ता दिवसमा गरिने कार्यक्रमले बालबालिकाको सिर्जनात्मक ,सामाजिक ,बाैदिक क्षमता बृद्वी हुने र शैक्षिक गुणस्तरमा बृद्वि हुने बताउनुभयाे। विद्यालयमा संन्चालित प्रतियोगितात्मक कार्यक्रमको सन्चालक शिक्षक खेमराज गिरी रहनु भएको थियो। कार्यक्रममा स्वास्थ्य चाैकी सेरीज्युलाका प्रमुख दीर्घ नेपाली, शिक्षक अभिभावक संघ ,शिक्षक , बुद्धिजीवी तथा अभिभवकाे उपस्थिति रहेकाे थियाे ।
उता रास्कोटमा बडिमालिका माध्यामिक विद्यालयमा केन्द्रिकृतरूमा दिवस मनाईएको छ । शिक्षा साखा प्रमुख खेमराज शाहीको अध्यक्षतामा कार्यक्रमलाई शोभायमान पार्न प्रमुख अतिथिको रुपमा नगरप्रमुख धर्मराज शाही ,विशेष अतिथिको रुपमा नगर उपप्रमुख मनिराज बराल र नेकपा माओवादी केन्द्रका नवनिर्वाचित कालिकोट जिल्ला संयोजक डम्मर शाही नेपाली कांग्रेस प्रदेश ख का सभापति आनन्द विक्रम शाही, नेकपा एमाले नगर कमिटी अध्यक्ष कालीबहादुर शाही, नेकपा माओवादी केन्द्र अध्यक्ष पदमबहादुर खड्का, नेता छत्रबहादुर बम, हजार सुनार, वडा अध्यक्षहरू मन तिरुवा, दिनेश संज्याल, कार्यपालिका सदस्य भैरे तिरुवा लगायतका नेता र रास्कोट नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक शिक्षक, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी विद्यार्थी अभिभावकको उपस्तिथि रहेको थियो ।
।