रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सत्तामा भएका राहत दिन राज्यकोष ताक्छन , बिप्लव नेतृत्वको नेकपाले भने जुबिथा आगलागी घटनाका पिडितलाइ लाखौको राहत सामग्री हस्तान्त्रण गर्यो

कालिकोट : बिप्लव नेतृत्वको नेकपाले समाजवादी क्रान्तिका लागी भन्दै पार्टी संगठनलाइ उत्पादन संघर्षमा केन्द्रित गरेको छ । सो पार्टीका महासचिव नेत्रबिक्रम भन्द बिप्लवले पार्टी र संगठनलाइ उत्पादनमा केन्द्रित गरेकै कारण आज देशभरका नागरिकहरूलाइ दैबि प्रकोप पर्दा सरकारभन्दा अगाडी सो पार्टी राहात लिएर पिडितसामु पुग्ने हैसीएत स्थापित गरेको छ । सरकारमा हुनेहरू राज्यकोषको बजेट पर्खिन्छन भने संघ संगठन चन्दा थाप्न सडकमा जान्छन तर बिप्लव नेतित्वको नेकपा आफ्नै उत्पादनको चामल दाल र लुगा कपडा लिएर पिडितको घाउमा मलमपट्टि लगाउन पुग्छन । यद्दपि उसलाइ पनि बेलामौकामा चन्दा आतंक मचाएको आरोप लागी रहने गर्छ । नेकपाले जाजकोट भुकम्प पिडित र कालिकोट तिलागुफा नगरपालिका ६ जुबिथामा भएको आगलागी घटनाका पिडितलाइ आफ्नै उत्पादनको चामल ,दाल र कपडा , अनि खरिद गरिएको ओैषधी बितरण गरे पछी नागरीक तवरमा उक्त पार्टीको प्रशंसा बढेको पाइन्छ ।
तिलागुफ नगरपालिका ६ जुबिथामा आगलागी बाट पिडित ३ घर का २६ परिवारलाई भेटघाट गर्दै शोमबमर नेकपाको १ टोलिले राज्यलाइ चुनौति दिदै जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाही र कालिकोट प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइलाइ नै रोहबरमा राखेर लाखौको राहत सामाग्री बितरण गरेको छ
राहत बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिती सदस्य तथा सुदुरपश्चिम् प्रदेश ईन्चार्ज भरत बम नेकपा केन्द्रीय सदस्य ऐन ब शाही ( अखिल ) तिलागुफा न.पा.ईन्चार्ज रमेश सि धनराज सि तुफान सि कल्पना सि काे उपस्तिथि मा उक्त सामग्री हस्तान्त्रण गरिएको हो । नेकपा आफैं ले उत्पादन गरेको धान ,चामल , र केहि संकलन बल्याङ्केट ज्याकेट ,टोपी,न्यानो कपडा वडा अध्यक्ष प्रवलाल शाही मार्फत पिडित परिवार लाई हस्तान्तरण गरीएको सो पार्टीका नेता रमेश सीले बताउनु भयो । १५ लाख बराबरको स्वास्थ सामाग्री नगर पालिका स्वास्थ प्रमुखलाइ , वडा अध्यक्षहरु को रोबहर हस्तान्त्रण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !