रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

सान्नी त्रिवेणी गाउँपालिकामा स्थानिय आपतकालिन कार्य संचालन केन्द्र स्थापना 

कालीकोट
सान्नीत्रिवेणी गाउँपालिकाले स्थानिय आपतकालीन कार्य संचालन केन्द्रको स्थापना गरेको छ । जिल्लामै पहिलो पटक गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा केन्द्रको स्थापना गरेको हो । विपद जन्य प्रकोपवाट बच्नका लागि र विपद सँग प्रतिकार्य गर्नका लागि यो केन्द्रको स्थापना गरिएको हो ।विपद प्रतिकार्यका लागि स्थानीय तहमा सुचना संकलन, समन्वय र सहयोगको विकास गरि खोज, उद्धार तथा राहत व्यवस्थापनको नेतृत्व यस केन्द्रले गर्ने गाउँपालिकाले जनाएको छ । स्थानिय खोज तथा उद्धार समुहहरुविच समन्वय गर्ने,विपद जोखिमको सुचना तथा पुर्वचेतावनी दिने, जोखिमको अवस्था टरेको जानकारी दिने तथा विपद पूर्वसुचना प्रणालीको समन्वय गर्ने, क्षतिको विवरण संकलन गर्ने उद्देस्यले स्थानिय आपतकालीन कार्य संचालन केन्द्रको स्थापना गरिएको हो ।


केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले यसलाई थप व्यवस्थीत बनाउने बताउनु भयो । विपद जन्य प्रकोपवाट बच्नका लागि र विपद सँग प्रतिकार्य गर्न सक्ने सामाग्री सहित थप व्यवस्थापन गर्ने बताउनु भयो । केन्द्रमा अहिले रेडक्रसको सहयोगमा त्रिपाल, बलाङ्केट,आगोजन्य विपद वाट जोगाउने सामाग्री, स्वास्थ्य सेवाका सामाग्री, डोरी स्टेचर लगायतका सामाग्री राखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !