रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पलाता गाउपालिकाको प्रशासनिक केन्द्र रानिबिसौना सर्यो , सेवा सूचारू

पलाता गाउपालिकाको आब २०८१/०८२ को बार्षिक निति कार्यक्रम अनुसार गाउसभाको निर्णय बमोजिम मंगलवार पलाता गाउपालिकाले प्रशासनिक केन्द्र रानिबिसौना सारेको छ । गाउपालिका अध्यक्ष बिष्णु ब रोकायाले सामाजिक सन्जालमा केही ब्यक्तिले राति लगे, चोरे, भनेर भनेको कुरा गलत भएको भन्दै यसअघिको गाउसभाको सर्वसम्वत निर्णय बमोजिमनै पालिका केन्द्र सारेको बताउनु भयो । गाउपालिकाको स्थायी केन्द्र रानिबिसौनामा पालिकाका प्रशासनिक भवन लगाएत आबश्यक संरचना बने पछी कामकाज गर्न सहज होस भन्ने उधेश्यले पालिका सारिएको बताउनु भयो । उहाले केही यातायात ब्यवस्थाको कठिनाइ र मान्छेद्वारा बोकाएर लिनु पर्ने हुदा ढिला हुन गई राति हुन गएको प्रतिक्रिया दिनु भयो ।
गाउपालिकाको प्रशासनिक कामकाज यस अघि थिर्पुवाट सन्चालन हुदै आएको थियो । पहिलो कार्यकालका अध्यक्ष लक्ष्मण बमले खिन धौलागोह र खिनको बिचमा पर्ने लोडे भन्ने स्थानवाट सन्चालन गरि केही महिना अस्थायी केन्द्रबाट कामकाज सुरू गरिएको थियो । तर त्यहा तिन तिरबाट खोला बग्ने भएकाले त्यहा ७० सालमा आएको बाडीले पुल पुलेसा र केही संरचना पनि बाडीले बगाएको थिय । त्यस कारण पुन साबिक थिर्पु गाबिस बाट सन्चालनहुदै आएको थियो ।
गाउपालिका केन्द्र बिवाद रहेको पलाता गाउपालिकामा बर्तमान सरकारले रानिबिसौनामा पालिकाका नाममा जग्गा पास गरि भवन लगाएत आबश्यक संरचना निर्माण गरे पछी पालिका कार्यालयका प्रशासनिक कामकाजका लागी सरसामान सारिएक हो ।
गाउपालिका अध्यक्ष बिष्णु ब रोकायाले गाउपालिका रानिबिसौना स्थायी हुने दाबि गर्नु भयो । उहाले बिगतमा घुम्तिरूपमा कहिले थिर्पु कहिले दुर्सि ,कहिले लोडेबाट सन्चालन हुने गरेकोमा अब गाउसभाको सर्वसम्वत निर्णयले रानिबिसौनामानै स्थायी हुने बताउनु भयो ।
पालिका केन्द्र सारे पछी त्यहाका नागरिकको सामाजिक सन्जालमा फरक फरक प्रतिक्रियादिन थालेका छन । पलाता गाउपालिका साबिकका तिन वटा गाबिस खिन ,धौलागोह र थिर्पु मिलेर बनेको हो । पालिका केन्द्र बिवादका बिषयमा गाउसभामा कुनै असहमति नरहे पनि अहिले सार्ने बेला भौगोलिक हिसावले खिन र धौलागोह र थिर्पुका बासिन्दा बिच केही बिवाद देखिएको छ । धौलागोह लगाएतका क्षेत्रका बस्तिका स्थानिय समर्थनमा देखिन्छन भने पलाता वडा नं ८ र ९ का केही स्थानियले भने बिरोध जनाएका छन ।
पालिकाको भौतिक संरचना निर्माण गरी सबैलाइ पाइक पर्ने ठाउ रानिबिसौनामा पालिका सारेकोमा धन्यवाद  दिने समर्थक धेरै रहेका छन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !