रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कांग्रेस नेता पुुर्व मुख्यमन्त्री शाही भन्छन ,भुगोलको बिकासका लागी पार्टी जो सुकै हुन तर मन्त्रि ,मुख्यमन्त्री र प्रधानमन्त्री बनाउन सबै लाग्नु पर

काग्रेस नेता, कर्णाली प्रदेशका पुुर्व मुख्यमन्त्री जिवन बहादुर शाहीले पिछडीएको भुगोलको बिकासका लागी पार्टी जो सुकै भए पनि यही भुगोलको ब्यक्ति मन्त्रि ,मुख्यमन्त्री र प्रधानमन्त्री बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । बिशेष अदालतबाट मुद्वामा सफाइ पाए पछी माथिल्लो कर्णाली भ्रमणका क्रममा कालिकोटको रास्कोट पुगेका पुर्व मुख्यमन्त्री शाहीले कालिकोटको रास्कोटमा आयोजित प्रदेश निर्वाचन क्षेत्र स्तरीय जनभेलालाइ सम्बोधन गर्दै झापाको मान्छे प्रधानमन्त्री हुदा झापाको बिकास ,डडेलधुराको मानिस प्रधानमन्त्री हुदा डडेलधुराको बिकास भएझै कर्णालीको कालिकोट ,हुम्ला, जुम्लाको ब्यक्ति मन्त्री ,मुख्यमन्त्री हुदा यही क्षेत्रको बिकास हुने हुदा पार्टी नहेरी जो सुकै पार्टी भए पनि सम्भावना बोकेका लिडरहरूलाइ सहयोग गर्नु पर्ने बताउनु भयो ।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र ख कालिकोट का सभापति आनन्द बिक्रम शाही को सभापतित्व र नेपाली कांग्रेस केन्द्रिय कार्यसम्पादन समिती सदस्य पुर्ब संस्कृति पर्यटन तथा उड्डयनमन्त्री, कर्णाली प्रदेश पुर्व मुख्यमन्त्री कर्णालीका काग्रेस संसदीयदल नेता माननीय जीवन बहादुर शाहीको प्रमुख आथित्यता, नेपाली कांग्रेस केन्द्रीय सदस्य मान बहादुर नेपाली को बिशिस्ट आथित्यता, नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही विशेष आथित्यता, कर्णाली प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्री मा. विजया बुढा लगाएत प्रदेश योजना आयोगको सदस्य अशोक नाथ योगि , कर्णाली प्रदेश महामन्त्री निरन्जन के.सि, प्रदेश कोषाध्यक्ष खगिसरा आचार्य प्रदेश प्रवक्ता दमन शाही कालिकोट जिल्ला पार्टी सभापति अम्ब बहादुर शाही लगायतका नेता कार्यकर्ता हरुको उपस्थितिमा आमसभा रास्कोटमा सम्पन्न भएको हो ।
काग्रेस नेता पुर्व मुख्यमन्त्री शाहीको टोलिलाइ रास्कोट पुगे पछी रास्कोटका मेयर धर्मराज शाहीले स्वागत गर्नु भयो भने कर्णाली भ्रमणमा रहेका कांग्रेस नेताहरूको टोलिलाइ बिभिन्न ठाउमा कांग्रेस समर्थकहरूले नारावाजी र बाजागाजाले सम्मान समेत गरेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !