रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोटमा जनप्रतिनिधि योजना अनुगमनमा ब्यस्त

कालिकोट जिल्लाको रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण) नगर उपप्रमुख मनिराज बराल तथा विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुले मंगलबार वडा नं.१ र २ मा निमार्णधिन अवस्थामा रहेका योजनाहरूको अनुगमन गर्नु भएको छ ।
नगर प्रमुख धर्मराज शाही , उप प्रमुख मनिराज बराल सहितको अनुगमन टोलीले पालिका भित्रका सम्पूर्ण योजनाका अनुगमनलाइ तिब्रता दिएको हो । निमार्णधिन अवस्थामा रहेका योजनाको कामलाई छिटोछरीतो र गुणस्तरीय साथै पारदर्सी बनाउन समेत नगर प्रमुख शाहीले अनुगमनका क्रममा निर्देशन दिनुभएको छ ।
शाहीले विभिन्न क्षेत्रमा बिभिन्न निकायका योजना कार्यन्वयनमा रहेकाले विकासे कामहरु दिगो बिमास लक्षेसंग सम्बन्धित भैरहेको हुँदा गुणस्तर मापन तथा मूल्याङ्कनका लागि स्थलगत अनुगमन गरेको उहाँको भनाई रहेको थियो ।
विकासमा जवाफदेहिता कायम गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन आफूहरुले अनुगमन थालेको र अनुगमनलाई प्रभाबकारी र तिव्रता दिने नगर उपप्रमुख मनिराज बरालकाे भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !