टिकाराज उपाध्याय
कालिकाेट – जिल्ला रास्काेट नगरपालिमा प्लान नेपालकाे आर्थिक सहयाेग तथा हुरुन्डेक नेपाल काे सहजिकरणमा र रास्काेट नगरपालिकाकाे समन्वयमा संचालित रास्कोट महिनावारी स्वास्थ्य स्वच्छता तथा खानेपानी सरसफाई स्वच्छता सुधार परियोजना अन्तगत आज एक कार्यक्रमका बिच रास्काेट नगरपालिका वडा नं ७ श्री पंञ्च आधारभूत विद्यालय रास्कोटमा विद्यालय खानेपानी, सरसफाई तथा महिनावारी स्वास्थ्य स्वच्छता सम्बन्धि पालिका स्तरिय मेला रास्काेट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीकाे सभाअध्यक्षता, र रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पाेषण)काे प्रमुख आथिथ्यता तथा नगर उप प्रमुख मनिराज बराल काे विशेष आथिथ्यतामा अन्य अथिति प्लाने नेपाल कार्यक्रम संयाेजक दीक्षा भाट, नेकपा माओबादि केन्द्र प्रदेश कमिटि सदस्य काली बहादुर महतारा , नेपाली काङ्ग्रेसका नेता दान बहमदुर बम, रास्काेट नगरपालिका वडा नं ४, ५,७नम्बर वडाका वडा अध्यक्ष , रेडियाे नेपाली आवाज कालिकाेट का अध्यक्ष रत्न बहादुर कार्कि पत्रकार टिकाराज उपाध्याय , रास्काेट नगरपालिकामा संचालि मा बि तथा नि माबि स्कुलका प्र अ ज्यू , रास्कोट महिनावारी स्वास्थ्य स्वच्छता तथा खानेपानी सरसफाई स्वच्छता सुधार परियोजनाका कार्यक्रम संयाेजक सुर्य बहादुर राेकाया , फिल्ड साहेक अमना संज्याल लगाएत काे अपस्थितमा कार्यक्रम सम्पन्न गरिएकाे छ। उक्त कार्यक्रमले रास्काेट नगरपालिका मा
अन्तरक्षेत्रीय सहकार्य मार्फत विद्यालय र स्वास्थ्य संस्थाहरुमा सुरक्षित खानेपानीको सुविधामा सुधार ल्याउने।
सरसफाइको सामाजिक अभियान तथा पूर्ण सरसफाइको अभियानलाई बृहत बनाउने।
सरसफाइको सुधारिएको अभ्यासलाई प्रवर्धन गर्न तथा सरसफाइको बजार निर्माण निजी क्षेत्रलाई सम्मिलित गर्ने।
स्वास्थ्य संस्था, प्रारम्भिक बाल विकास केन्द्र तथा विद्यालयहरूमा लैंगिक तथा अपांगमैत्री सरसफाइका सुविधाहरुका लागि पैरवी गर्ने।
आमसंचार तथा सामाजिक सञ्जालको प्रयोग गरी महिनावारी सहित समग्र सरसफाइको अभ्यासका उत्तम तरिकाहरू बारे चेतना फैलाउने।
खानेपानीको नियमन गर्ने निकायको सुदृढिकरण, खानेपानी सुरक्षा योजनाको कार्यान्वयन र खानेपानी शुद्धिकरणका घरायसी तरिकाहरूबारे सामुदायिक चेतना विस्तार गरी खानेपानीको गुणस्तर वृद्धि गर्ने।
खानेपानीको सुविधाबाट बञ्चित जनसंख्यासम्म खानेपानी पुगेको सुनिश्चित गर्ने रणनीतिको विकास गर्ने, तथा खानेपानी वितरण प्रणालीको उपयोगिता, वितरण क्षेत्र, दिगोपन र विश्वसनीयतालाई सुदृढिकरण गर्ने।
खानेपानी तथा सरसफाइ सम्बन्धी नयाँ कानून निर्माण गर्न र सरसफाइका सुविधाको पहुँचमा लैंगिक समानता र सामाजिक कुप्रथाका रहेकाे महिनावारि समावेशिता प्रवर्धन गर्ने नीतिमा परिमार्जन गर्न नेपाल सरकारलाई सहयोग गर्ने।
खानेपानी तथा सरसफाइ सम्बन्धी विद्यमान नीतिहरुमा विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम समावेश गर्ने र आवश्यक तयारी गर्नका लागि सहयोग गर्ने। यश कार्यक्रम काे उदस्य रहेकाे कार्यक्रम संयाेजक सुर्य राेकायाले जानकारि दिनु भएकाे छ।