रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

कर्णालि नदीमा डोजर पल्टियो , डोजर सहित एक जना बेपत्ता , चालकको भने जिबितै उद्वार

कालिकोटको पचालझरना ८ चाटेबगर स्थित कर्णाली नदिमा डोजर तार्नेक्रममा डोजर पल्टीदा डोजर सहित एक जना नदीमा बेपत्ता भएका छन । पचालझरना ८ खडतोली निवासी निर्माण ब्यवसायी मुक्ति सन्ज्यालको डोजर अपरान्न ५ बजे नदी पार गर्नेक्रममा डोजर पल्टीदा पचालझरना वडा नं ८ खडतोली निवासी कुस्काखर सन्ज्याल बेपत्ता भएका छन । चाटेबगरवाट नदीमा तारेर वडा नं ४ मा लैजानेक्रममा डोजर नदीमा पल्टिएको खबर छ ।
पचालझरना गाँउपालिका वडा नं ८ चाटेवगर देखि पचालझरना ४ जारकोट जाने क्रममा कर्णालि नदीमा डोजर पल्टिए पछि चालकसंगै रहेका निर्माण ब्यवसयाीका प्रतिनिधि कुस्माखर संज्याल बेपत्ता भएको खबर छ । कर्णालि नदीमा जे सि बी मेसिन सहित एक जना मान्छे बेपत्ता भएको पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमले बताउनु भयो । कणालि नदीमा डोजर पल्टिए पछी नदीमा तैरीरहेका चालकलाइ भने स्थानियको सहायतामा उद्वार गरीएको छ भने पचालझरना ८ का कुस्माखर सन्जेल भने बेपत्ता रहेको कालिकोट प्रहरीले जनाईएको छ ।
खाडाच्रक ८का डोजर चालक बर्ष ३१ नमरान मल्ललाइ सकुशल उद्वार गरीए पछी उनलाइ ईलका प्रहरी पचालझरनाको नियन्त्रणका राखि सोधपुछ गरिरहेको र पचालझरना ८ खडतोलीका अन्दाजी बर्ष ४०का कुस्माखर सन्ज्यालको खोजीकार्य भईरहेको ईलका प्रहरी कार्यालय पचालझरनालाइ उद्वृत गर्दै कालिकोट प्रहरी निमित्त प्रमुख प्रहरी निरिक्षक गोबिन्द चौधरीले रेडियो प्रदेशआवाजलाइ जानकारी दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !