आर्थिक बर्षको मध्यान्तरसम्म कालिकोटका रहेका सरकारी कार्यालयको बित्तिय प्रगति जम्मा ११% मात्र रहेको देखिएको छ । कालिकोटमा रहेका प्रदेश सरकार अन्तरगतका भौतिक पुर्वाधार बिकास कार्यालय, जिल्ला कृषी बिकास कार्यालय र पसु अस्पताल तथा पसु सेवा कार्यालय कालिकोटको बितित्य पर्गति ११ % मात्र रहेको छ । जिल्ला प्रहरी कार्यालयको नागरिक सुनुवाइ र जिल्ला प्रशासन कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालयको प्रगति बिवरण सार्वजनिक गर्दै ति कार्यालयका प्रमुखहरूले यस्तो नतिजा सार्वजनिक गरेका हुन । यस्तो हुनुमा ति कार्यालयहरूले सरकारी निकासाको ढिलासुस्ति , नितिगत निर्णयको अभाव र केही स्थानिय बिवाद मुख्य रहेको बताएका छन । कालिकोट जिल्ला प्रशासनको सभाहलमा आयोजित कार्यक्रममा कालिकोट जिल्ला प्रहरी कार्यालयबाट र प्रशासन कार्यालयबाट प्रवाह हुने नागरीक सेवाका बिषयमा गुनासो सुन्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको कालिकोट प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताउनु भयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा कालिकोट प्रहरी प्रमुख डि.एस .पी टेक बहादुर रावत , पुर्वाधार बिकास कार्यालयका प्रमुख हरी शर्मा धिताल , पसु अस्पताल तथा पसु सेवा कार्यालयका धन बहादुर महत , जिल्ला आयोर्रवेद कार्यालय प्रमुख डाक्टर तुल्सि श्रेष्ठ , जिल्ला कृषी बिकास कार्यालयका प्रमुख चन्द्र ब शाही , मालपोत कार्यालयका प्रमुख सन्जय कठाएत, जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद पोख्रेल लगाएतले कार्यालयको हाल सम्मको प्रगति बिवरण र भइरहेका कामकार्वाहीको जानकारी दिनु भयो । जिल्ला स्थिति राजनितिक दल , पत्रकार तथा सुरक्षा निकायका प्रमुख प्रतिनिधिहरूको सहभागितामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
प्रगति बिवरण सुनाउदै सार्ववनिक सुनुवाइमा कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डि.एस.पी टेक ब रावतले साईवर सुरक्षा, आत्म हत्या, सडक सुरक्षा लगाएतका सवालमा गुनासोहरू आउने गरेको बताउनु भयो।
त्यस्तै पुुर्वावाधार बिकास कार्यालयका प्रमुख हरि शर्मा धितालले कार्यालयका गुनासा थुप्रै रहेको बताउनु हुदै । ५० करोड ९५ लाख बजेटमा आर्थिक बर्षको मध्यान्तर सम्म ११.९ % मात्र खर्च हुन सकेको जानकारी दिनु भएको छ ।पुल पुलेसा, सडक पहुच , झोपु लगाएत १० वटा क्षेत्रमा बजेट खर्च हुने गरेको बताउनु भयो । बहुवर्षीय सडक आयोजना , झोपु लगाएतका क्षेत्रमा काम गर्न निकै कठिन हुने गरेको बताउनु भयो ।
जनता आवास १२९ वटा निर्माणकार्य सम्पन्न भएका घरहरूको बजेट सुनिश्चित नहुदा भुक्स्तानिमा समस्या भएको बताउनु भयो । यो वर्ष सरकारले बजेट ब्यवस्थापन नगरिदिदा समस्या आएको बताउनु भयो ।
फुगगाड पक्कि पुल ५ करोड लागत अनुदानमा निर्माण गर्न लागिएको बताउनु भयो । लालुलैफू सडक आयोजनामा कार्यक्रम क्रमागतमा काम भइरहेको बताउनु भयो । तर त्यहा ७५% कार्यसम्पन्न भएको धितालले बताउनु भयो
पसु अस्पताल तथा पसु सेवा कार्यालयका प्रमुख धन बहादुर महतले भेडा बाख्रा बलक कार्यक्रम मार्फत ५० भन्दा बढी भेडा बाख्रा पाालन गर्ने किसानलाइ अनुदान पुरस्कार दिने ब्यवस्थारहेको बताउनु हुदै कार्यालयका सबै कामहरू सुचना गरेर किसान सम्म पुर्याएर आवेदन माग गरिसकिएको बताउनु भयो ।
कार्यलयले १० लिटर दुध बेचि जिवन निर्वाह गर्नेलाइ दुधमा अनुदान , भकारो सुधार कार्यक्रम , चरन सम्बन्धि कार्यक्रम , भैसी पकेट कार्यक्रम ,मुख्यमन्त्री पुरस्कार कार्यक्रम जस्ता कार्यक्रम कार्यान्वयनमा रहेको बताउनु भयो ।
गरिब बिपन्न सहयोग तिन महिना खाना लाउन नपुग्नेहरूका लागी कार्यक्रम गर्नु भनेर २० लाख बजेट प्राप्त भएको त्यो कार्यक्रम लागु गर्न नसकिएको बताउनु भयो ।ब्यवसायीक पसुपन्छि बिकास कार्यक्रम १५ लाख, माछा पालन कार्यक्रम रहेको भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला आर्योरवेद कार्यालयका प्रमुख डाक्टर तुल्सि श्रेष्ठले निशुल्क ६ हजार ७ सय नागरीक र जेष्ठ नागरिक ४ सय १३ जनाले ओैषधी प्रयोग गर्ने गरेको , बताउनु भयो ।
कृषी बिकास कार्यालय ,चन्द्र ब शाहीले ३० दिने सुचना निकालेर यस अघि नै ५१ वटा सिचाइमा , ३२ वटा सम्झौता भइसकेको बताउनु भयो ।
२५, २५ लाख दुइ निर्वाचन क्षेत्रमा १,१वटा योजना लागु हुनेमा छनोट हुन नसकेको बताउनु भयो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख लाल प्रसाद पोख्रेले परिक्षा सम्बन्धि र शिक्षक पदस्थापनका कामहरूमा स्थानियहसंग समन्वय गर्ने कामहरू भइरहेको बताउनु भयो ।
कार्यक्रममा सुझाव राख्दै पत्रकार तथा रेडियो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले सार्वजनिक सुनुवाइ ब्यापक र फराकिलो हुनु पर्ने बताउनु भयो । कार्यक्रममा सार्वजनिक सुनुवाइ सेवाग्राही र सेवा प्रदायक बिचिमा हुनु पर्ने भन्दै आगाकि दिनमा प्रभावकारी अनुगमन ,ब्यापक सहभागितामा सार्वजनिक सुनुवाइ हुन जरूरी रहेको बताउनु भयो ।
कांग्रेस प्रतिनिधि सबिन बिष्ट , नेकपा माओवादी केन्द्र का सचिव सरोज बोगटीले सार्वजनिक सुनुवाइ सबै निकायले कानुनि ब्यवस्था अनुसार गर्न नसकेको बताउनु भयो ।
प्रमुख अतिथि जिसस समन्वय समितिका उप प्रमुख मिना रावत बिकले अनुगमन ब्यापक हुन जरूरी रहेको बताउनु भयो । प्रभावकारी हुन जरूरी रहेको बताउनु भयो । अनुगमन हुन जरूरी रहेको बताउनु भयो । कार्यालयक्रम समापनका क्रममा बोल्दै प्रमुख जिल्फा अधिकारी नारायण प्रसाद भट्टराइले आगामि दिनमा सार्वजनिक सुनुवाइ ब्यापक गर्ने बताउनु भयो ।