रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेटमा विद्यालयस्तरमा विपद् जोखिम न्यूनिकरणका लागी नमुना अभ्यास/सिमुलेशन सम्बन्धी २ दिने क्षमता विकास तालिम सम्पन्न।

कालिकाेट – रास्कोट नगरपालिका सँगको समन्वय, यूनिसेफ नेपालको आर्थिक सहयोग तथा समाज जागरण केन्द्र (स्याक) नेपाल द्वारा सञ्चालित “गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि” कार्यक्रम (SESP) परियोजना अन्तर्गत यस रास्कोट नगरपालिकाका १५ वटा विद्यालयको सहभागीतामा “विद्यालयस्तरमा विपद् जोखिम न्यूनिकरणका लागी नमुना अभ्यास/सिमुलेशन सम्बन्धी २ दिने क्षमता विकास तालिमको” गरीएकाे हाे उक्त कार्यक्रममा रास्काेट नगरपालिका शिक्षा शाखा नि . प्रमुख दल बहादुर जिसिकाे सभाअध्यक्षतामा ,शिक्षा शाखा स्राेत ब्याक्ति लक्ष्मि प्रशाद बराल , लेखा जाेखा संयाेजक हरिचन्द्र बराल , स्याक नेपाल रास्काेट नगरपालिका शिक्षा अधिकृत धुर्ब नाथ याेगि , बाल बिकास संयाेजक राजु कुमारी शाही , लगाएत रास्कोट नगरपालिकाका १५ वटा विद्यालयको सहभागीतामा तालिम गरियकाे हाे उक्त तालिममा
१ विपदमा विद्यालय विपद व्यवस्थापन समितिको भूमिका ।
२ विपदमा वडा विपद् व्यवस्थापन समितिको भूमिका ।
३विद्यालयमा विपद् जोखिम न्यूनिकरणको महत्व ।
४ भूकम्पीय खतरा अन्तरनिहित कमजोरी तथा जोखिमबारे ज्ञान दिनु ।
५ भूकम्पीय जोखिम न्यूनिकरणको लागी आवश्यक ज्ञान दिनु ।
६ विद्यालयमा भूकम्पीय पुर्व तयारी योजना तयार पार्न क्षमता अभिवृद्धि गर्नु ।
७ विद्यालय भूकम्पीय सुरक्षा कार्यक्रम लागु गर्न सक्षम बनाउनु ।
८ विद्यालयका शिक्षकहरुलाई सम्बन्धीत विद्यालयका अन्य शिक्षकहरु विद्यार्थीहरु कर्मचारीहरु तथा
अभिभावकहरुलाई भूकम्पीय पुर्व तयारी सम्बन्धी तालिम दिन सक्ने बनाउने ।
९ विद्यालय भूकम्पीय पुर्व तयारी ।लगाएतकाे बारेमा जानकारि दिने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे स्याक नेपाल शिक्षा अधिकृत धुर्वनाथ याेगिले खबर कर्णाली संग बताउनु भएकाे छ।

फाेटाे हरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !